

-
काठमाडौं : नेकपा एमालेले जेनजी अभियन्ता मानिएका सुदन गुरुङलाई ‘काउण्टर’ दिन गोरखाबाट गुण्डा नाइके भनेर चिनिने मिलन गुरुङ (चक्रे मिलन)लाई उम्मेदवार बनाउने भएको छ ।
त्यसैअनुसार एमाले गोरखाले क्षेत्र नं २ बाट प्रतिनिधि सभाको लागि मिलनको नाम सर्वसम्मतरुपमा सिफारिस गरेको छ । तर, सुदन गुरुङले कुन क्षेत्रबाट उम्मेद्वारी दिन्छन्, त्यही क्षेत्रबाट मिलनलाई उम्मेदवार बनाउने तयारी रहेको पार्टी निकट स्रोतले जानकारी दिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीप्रति झुकाव राख्ने सुदन उम्मेदवार हुने नहुने टुंगो छैन । यदि उनी उम्मेदवार भए पनि उनी गोरखाका २ क्षेत्रमध्ये जहाँबाट उनी लड्छन्, त्यहाँबाट मिलनलाई लडाउने तयारी एमालेले गरेको छ ।
सुदनको घर क्षेत्र नं १ को चुमनुब्री गाउँपालिका वडा नं २ नाक्चेत गाउँमा पर्छ भने मिलनको घर क्षेत्र नं २ को सिरानचोक गाउँपालिका–५ छोप्राक हो । मिलन आपराधिक तथा गुण्डागर्दीको क्षेत्रका चर्चित पात्र हुन् भने जेनजी आन्दोलनपछि चर्चित बनेका सुदन पनि अराजक अभिव्यक्ति र विवादित पृष्ठभूमिका कारण चर्चित छन् । उनले खासगरि एमाले अध्यक्ष केपी ओली र सचिव महेश बस्नेत विरुद्ध बेला बेलामा अराजक अभिव्यक्ति दिंदै आएका छन् । सामाजिक संजालमा बस्नेत र सुदनका बीचमा समय समयमा आरोप प्रत्यारोप पनि चल्दै आएको छ ।
हामी नेपालका संस्थापक सुदनमाथि स्वतन्त्र तिब्बत अभियान चलाएको आरोप लाग्दै आएको छ । त्यस्तै एमालेले उम्मेद्वार सिफारिस गरेका गुरुङ पटक पटक पक्राउ पर्दै हिरासत र जेल पुग्ने गरेका छन् । पछिल्लो पटक उनी गत साउनमा पक्राउ परेका थिए ।
पहिलेदेखि नै सिंगै गोरखाका जिल्ला तुलनात्मकरुपमा एमाले कमजोर रहेको जिल्ला हो । २०४८ यता २०५६ सम्मका तीनवटा निर्वाचनमा कांग्रेसमय रहेको जिल्ला त्यसपछि भने माओवादीमय भएको छ । माओवादी र कांग्रेसलगायतका पार्टीहरुको गठवन्धन भएको गत आम निर्वाचनमा गोरखा क्षेत्र नं २ बाट माओवादी अध्यक्ष प्रचण्ड र क्षेत्र नं १ बाट कांग्रेसका राजेन्द्र बजगाई विजयी भएका थिए ।
News Desk 0 response शुक्रबार, पुस १८, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३



