• काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबीच पार्टी एकता भएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालले एकता घोषणा गरेका हुन् ।

    कार्यक्रममा दुवै पार्टीका अध्यक्षहरू लिङ्देन र थापाले संयुक्त रूपमा एकता घोषणापत्र सार्वजनिक गरे । यसअघि पुस ९ गते दुवै नेताले एकता समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

    २०७८ सालको राप्रपा महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि कमल थापाले पार्टी छोडेर राप्रपा नेपाल गठन गरेका थिए ।