• काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्रको रक्षाका काँग्रेस र एमाले मिलेर जानुको विकल्प नरहेको बताएका छन् ।

    मदन-आश्रित स्मृति प्रतिष्ठानको विचार गोष्ठीमा ओलीले नयाँ दलहरूलाई राजनीतिक संस्कार सिक्न र विचार तथा योजनामा अघि बढ्न सुझाए ।

    ‘सधैँ अरूलाई होच्याएर, गाली गरेर, सरापेर देश बन्दैन, हिजोको अवस्थाबाट अहिले त्यसै आएको होइन, अरूलाई सरापेर होइन, आफ्ना एजेण्डा ल्याएर निर्वाचनमा जान सकिन्छ । प्रजातन्त्रको रक्षा गर्न एमाले र काँग्रेस मिलेर जानुको विकल्प छैन, प्रजातन्त्र सुचारु भएपछि आफ्नो ढंगले जाने त हो, शान्तिको स्थापना गर्ने हो, त्यसका लागि पनि एमाले काँग्रेसको सहकार्य हुनुपर्छ ।’

    अरूको सम्पत्ति जलाएर देश नबन्ने भन्दै उनले देश बनाउन त्याग, योजना, संकल्प र संगठन चाहिने बताए ।

    एमाले(काँग्रेसबाहेक अरु पार्टीले सरकार बनाउन नसक्ने दाबी गर्दै उनले सपना देखेर चुनावअघि नै पद बाँडेर गम्भीर षड्यन्त्र भइरहेको बताएका छन् ।