

-
काठमाडौं : फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको चुनाव नजिकिंदै गर्दा दलहरु चुनाव केन्द्रित हुन थालेका छन् । आज समानुपातिक प्रणालीतर्फको उम्मेदवारको बन्द सूची पेश गर्ने अन्तिम दिन भएकाले मुख्य दलहरु नामावली टुंग्याउने कसरतमा छन् ।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार राजनीतिक दलहरुले आजसम्म आयोगमा बन्द सूची दर्ता गराइसक्नुपर्नेछ । आजसम्म बुझाइएका बन्द सूचीको भोलिदेखि २० गतेसम्म प्रारम्भिक परीक्षण हुनेछ । त्यसपछि देखिएका कमजोरी सच्याउन पुस २१ देखि २७ गतेसम्म दलहरुलाई समय दिइनेछ । सच्याइएका बन्द सूची पुस २८ देखि माघ ३ गतेसम्म पुनः परीक्षण गरिने आयोगले जनाएको छ ।
आयोगले माघ ४ गते बन्द सूची सार्वजनिक गर्ने तयारी गरेको छ भने माघ २० गते अन्तिम सूची प्रकाशन हुनेछ । हिजो तीन वटा साना दलका एक सय ३४ जनाले सबै प्रक्रिया पूरा गरेर बन्द सूची पेश गरिसकेका छन् । ती दलले निस्सा लिएर दर्ताको प्रक्रिया पूरा गरेका हुन् । उम्मेदवारको नाम मतदाता सूचीमा छ, छैन हेरेर आयोगले निस्सा दिएपछि बन्द सूची पेश गरिएको हो । यस आधारमा नेपाल मजदुर किसान पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी, श्रम संस्कृति पार्टीलगायतले हिजो दिउँसोसम्म बन्द सूची पेश गरेका आयोगले जनाएको छ ।
मुख्य दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, रास्वपा, राप्रपा लगायतका दलहरुले आज बन्द सूची बुझाउँदैछन् । यसअघि एक सय वटा राजनीतिक दलले ९३ चिह्नमार्फत समानुपातिक प्रणालीतर्फको चुनावमा सहभागी हुन दल दर्ता गराएका छन् ।
News Desk 0 response सोमवार, पुस १४, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३



