• काठमाडौं : नेपाली कांग्रेसले यसअघि समानुपातिक तर्फबाट सांसद बनेकाहरूलाई यस पटक उम्मेदवार नबनाउने निर्णय गरेको छ ।

    समानुपातिकको बन्दसूचीमा राख्ने उम्मेदवारहरूको नाम छनोट गर्न आज बसेको कार्यसम्पादन समितिको बैठकले समानुपातिक निर्वाचन प्रणाली लागू भएयता २०६४, २०७०, २०७४ र २०७९ सालमा भएका कुनै पनि चुनावबाट समानुपातिक सूचीमा परि प्रतिनिधिसभा र प्रदेशसभामा सांसद बनेकाहरूलाई अब उम्मेदवार नबनाउनेसहित भोलि आयोगमा बन्दसूची बुझाउने निर्णय गरेको हो ।

    यस्तै बैठकले विभिन्न समयमा परित्याग गरेर स्वतन्त्र बसेकादेखि अन्य पार्टीमा गएर उम्मेदवार बनेकासम्मलाई पार्टीमा फर्कन आह्वान गरेको छ ।

    यस्तै यसअघिका चुनावमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरूमाथि गरेको कारबाही पनि फुकुवा गरेको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।