• काठमाडौं : सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६० जना सहसचिवको सरुवा गरेको हो ।

    सहसचिव कमल प्रसाद भट्टराईलाई प्रदेश सचिवका रूपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेशमा कामकाजमा खटाइएको छ ।

    कविन्द्र नेपाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । विनोद कुमार कुँवरलाई राष्ट्रिय समावेशी आयोगमा सरुवा गरिएको छ । त्यस्तै सुशील ढकाललाई भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ  । 

    1
    2
    3
    4
    5