

-
काठमाडौं : जेनजी प्रदर्शनका क्रममा सुरक्षा निकायहरूले कम घातक हतियारको दुरुपयोग र घातक हतियारको प्रयोग गरी अनावश्यक तथा अत्यधिक बल प्रयोग गरेको एम्नेस्टी इन्टरनेसनलले निष्कर्ष निकालेको छ ।
सोमबार सार्वजनिक गरिएको प्रतिवेदनले अन्तर्राष्ट्रिय मानवअधिकार कानुनको गम्भीर उल्लंघन भएको जनाइएको छ ।
भदौ २३ गतेको प्रदर्शनमा संसद् भवनको मुख्य प्रवेशद्वारमा चढेका प्रदर्शनकारीमाथि प्रहरीले एफएन एफएएल प्रहार गरेको देखिएको थियो । त्यसैगरी मूल गेट नजिकैबाट प्रदर्शनकारीको टाउकोमा सीधै ताकेर सटगनले गोली प्रहार गरिएको पनि रिपोर्टमा उल्लेख छ ।
टाउकोको सतहमा प्रहार गरिएको यो कार्य अन्तर्राष्ट्रिय मानवअधिकार कानुन तथा बल र बन्दुकको प्रयोगसम्बन्धी मापदण्डहरूको स्पष्ट उल्लंघन भएको प्रतिवेदनमा औँल्याइएको छ । यस्ता हतियार प्रयोग गर्दा कम्मरभन्दा तल मात्र लक्षित गर्नुपर्ने र शरीर छेड्ने जोखिम नपार्न नजिकबाट प्रयोग गर्न नहुने मापदण्ड रहेको एम्नेस्टीले जनाएको छ ।
एम्नेस्टी इन्टरनेसनलले नेपालका कानुन कार्यान्वयन गर्ने अधिकारीहरूले शान्तिपूर्ण प्रदर्शनकारीहरूविरुद्ध कम घातक हतियारको दुरुपयोग गर्नुका साथै घातक हतियारहरूको प्रयोग गरी अनावश्यक र अत्यधिक बल प्रयोग गरेको जनाएको छ ।
स्वास्थ्यकर्मी, प्रदर्शनकारी र प्रदर्शन आयोजकहरूले दिएको बयानका आधारमा, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र (आईसीसीपीआर) को धारा ६ मा संरक्षित जीवनको अधिकारको स्पष्ट उल्लंघन हुने गरी प्रहरीले भिडमा धातुको गोली प्रहार गर्दै र प्रदर्शनकारी तथा सडकपेटीमा रहेका सर्वसाधारण व्यक्तिहरूको टाउको, घाँटी र छातीमा प्रहार गर्दै घातक बलको अवैध प्रयोग गरेको पाइएको उल्लेख छ ।
पानीको फोहोरा, अश्रुग्यास र रबरको गोलीजस्ता काइनेटिक इम्प्याक्ट प्रोजेक्टाइल लगायतका कम घातक हतियारहरूलाई पनि जीवन नै जोखिममा पार्ने खालका चोट र स्थायी अपाङ्गता पैदा गर्ने गरी लापरबाहीपूर्वक र अन्तर्राष्ट्रिय मापदण्ड विपरीत प्रयोग गरिएको थियो । यसबाट बल तथा बन्दुकको प्रयोगसम्बन्धी संयुक्त राष्ट्रसंघीय आधारभूत सिद्धान्तमा उल्लिखित आवश्यकता र समानुपातिकताको सिद्धान्तको उल्लंघन भएको प्रतिवेदनमा उल्लेख छ ।
पानीको फोहोराको लापरबाहीपूर्ण प्रयोग
अन्तर्राष्ट्रिय मानवअधिकार कानुनले पानीको फोहोरा प्रयोग गर्दा मानिसहरू निस्कने र तितरबितर हुने बाटोहरू सुनिश्चित गर्नुपर्ने प्रावधान राखेको छ । तर, भदौ २३ को जेनजी प्रदर्शनमा छोटो दूरीबाट उच्च चापको पानीको फोहोरालाई व्यक्तिहरूमाथि प्रहार गरिएको निष्कर्ष एम्नेस्टीले निकालेको छ ।
प्रतिवेदनअनुसार सडकछेउको रेलिङमा अड्किएका व्यक्तिहरूमाथि पनि फोहोरा प्रहार गरिएको थियो । प्रदर्शनमा बालबालिकाको उपस्थिति हुँदाहुँदै पनि लापरबाहीपूर्वक पानीको फोहोरा प्रयोग गर्नबाट प्रहरी पछि नहटेको र यसको अन्तर्राष्ट्रिय मापदण्डविपरीत प्रयोगले बालबालिका लगायत प्रदर्शनकारीहरू गम्भीर घाइते भएको निष्कर्ष निकालिएको छ ।
अश्रुग्यासको अत्यधिक प्रयोग
प्रहरीको प्रतिवेदन अनुसार जेनजी प्रदर्शनका क्रममा ६ हजार २ सय ७९ सेल अश्रुग्यास प्रयोग भएको थियो । भदौ २३ गतेको प्रदर्शनमा उत्रिएकाहरूमाथि अश्रुग्यासका ग्रेनेड नजिकैका भवनहरूको छतबाट प्रहार गरिएको वा भीडलाई सिधै लक्षित गरिएको पाइएको उल्लेख छ ।
अन्तर्राष्ट्रिय मानवअधिकार कानुनअनुसार व्यापक हिंसाको अवस्थामा मात्रै अन्य कम घातक माध्यमहरूबाट हिंसा नियन्त्रण गर्न नसकिएपछि मात्र अश्रुग्यास प्रयोग गर्नुपर्ने हुन्छ । त्यसरी अश्रुग्यास प्रयोग गर्दा हिंसात्मक समूहहरूलाई तितरबितर पार्ने र उनीहरूलाई हिंसा गर्नबाट रोक्न मात्रै प्रयोग गर्नुपर्ने मापदण्ड रहेको एम्नेस्टीको प्रतिवेदनमा उल्लेख छ ।
News Desk 0 response सोमवार, मंसिर २३, २०८२

सम्बन्धित शीर्षकहरु
-
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३
-
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


