

-
काठमाडौं : जेनजी प्रदर्शनमा हतियार र बन्दोबस्तीका सामान जोगाउन नसकेको भन्दै सशस्त्र प्रहरीका डीएसपी सहित १७ जनालाई कारबाहीको सिफारिस गरिएको छ । आन्तरिक छानबिन गर्न गठित समितिले डीएसपी गौतम कुँवर सहितका कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेको हो ।
जेनजी प्रदर्शन हुँदा भदौ २४ मा मिनभवन स्थित सशस्त्र प्रहरीको बेस र झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरको सुरक्षामा खटिएको सशस्त्रको हतियार लुटपाट र आगजनी भएको थियो । डीएसपी कुँवर मिनभवन स्थित बेसको प्रमुख हुन् । अहिले उनी नम्बर–२० विपद् उद्धार गण सिनामंगलमा कार्यरत छन् ।
जेनजी प्रदर्शन हुँदा गौतम नेतृत्वको टिमले आफ्नो कमान्डमा रहेको सुरक्षा बेस र हातहतियार जोगाउन नसकेको आन्तरिक छानबिन समितिको आरोप छ । प्रदर्शनकारीले यातायात व्यवस्था कार्यालय र सशस्त्रको बेसमा तोडफोड र आगजनी गरेका थिए । सशस्त्रको बेस यातायात व्यवस्था कार्यालय परिसरमा थियो ।
सशस्त्रको कार्य विभागका डीआईजी कमल गिरी नेतृत्वको समितिले जेनजी प्रदर्शनमा भएको कमजोरीबारे आन्तरिक छानबिन गरेर प्रतिवेदन पेश गरेको छ ।
समितिले मिनभवन बेसमा कार्यरत १३ जना र बेलडाँगीमा कार्यरत ४ जनालाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । सशस्त्रका एकजना उच्च अधिकृत भन्छन्, ‘प्रतिवेदनमा आन्दोलनमा सशस्त्रले खेलेको राम्रो र नराम्रो दुवै भूमिकाको विश्लेषण गरिएको छ ।’
मिनभवनमा अवस्थित बेस अहिले त्यहाबाट स्थानान्तरण गरिएको छ । मिनभवनमा अहिले नम्बर–९ पशुपति बाहिनीको मुख्यालय स्थापना गरिएको छ ।
जेनजी प्रदर्शनमा मिनभवनबाट केही थान एसएलआर हराएको थियो । त्यसमध्ये केही हतियार जलेको अवस्थामा भेटिएको सशस्त्रका एकजना उच्च अधिकृतले बताए । बानेश्वरबाट लुटिएको सशस्त्रको एउटा एसएलआर भक्तपुरमा भेटिएको थियो । चाँगुनारायण नगरपालिका–९ ब्रम्हायणीमा भेटिएको हतियारमा नम्बर–२० गण २९० लेखिएको थियो ।
झापाको बेलडाँगीमा ४ नाल एसएलआर आन्दोलनकारीले आगजनी गरेको अवस्थामा फेला परेको छ । भदौ २४ मा बेसबाट हतियार लुटिनु र जल्नुमा ‘सुरक्षा चुक’ देखिएको आन्तरिक छानबिनको निष्कर्ष छ ।
मिनभवन र झापाबाट लुटिएका मध्ये १५–२० थान हतियार विभिन्न ठाउँबाट बरामद गरिएको सशस्त्रका ती अधिकृतको भनाइ छ ।
सशस्त्र प्रहरी प्रधान कार्यालयले हतियार लुटिएको यकिन तथ्याङ्क सार्वजनिक गरेको छैन । प्रदर्शनमा सशस्त्र प्रहरीको ५० भन्दा बढी सवारी साधानमा आगजनी गरिएको थियो । नयाँ बानेश्वर स्थित संसद भवन, सिंहदरबार, रानीपोखरी र भैंसेपाटी स्थित मन्त्रीक्वार्टरमा सशस्त्रको गाडीमा आगजनी गरिएको थियो ।
News Desk 0 response मङ्लबार, मंसिर १७, २०८२

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


