

-
रूस र युक्रेनको युद्ध अन्त्य गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजनाबारे उनका विशेष दूत स्टिभ विटकफले मंगलबार रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा कुरा गर्नेछन्।
ट्रम्प सरकारले युक्रेनसँग सल्लाह नगरी रूससँग मात्रै परामर्श गरेर २८ बुँदे शान्ति योजना बनाएको छ।
सो योजनाको व्यापक विरोध भएपछि अमेरिकी र युक्रेनी अधिकारीले गत हप्ता जेनेभामा छलफल गरेका थिए।
सो छलफलपछि दुई देशले १९ बुँदे मस्यौदा तयार पारेका थिए। ट्रम्पको योजनाका सबभन्दा संवेदनशील विषयहरू भने ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले छलफल गरेर टुंग्याउने गरी सो सहमति भएको थियो। युक्रेनी भूमि रूसलाई दिने र नेटो लगायत सबभन्दा विवादास्पद विषय ट्रम्प र जेलेन्स्कीले निर्णय गर्ने गरी जेनेभामा सहमति भएको थियो।
त्यसपछि आइतबार अमेरिकामा फेरि अमेरिकी र युक्रेनी अधिकारीले सो योजनामा घनिभूत छलफल गरे।
सो छलफलमा के सहमति भयो भनेर अहिलेसम्म खुलाइएको छैन। तर पनि मुख्यतः युक्रेनले त्याग्नुपर्ने भूमिबारे कुरा भएको मानिन्छ। सोही छलफलबारे पुटिनलाई ब्रिफिङ गर्न ट्रम्पले विट्कफलाई रूस पठाएका हुन्। अमेरिका र युक्रेनबीच सहमति भएका बुँदामा पुटिनको प्रतिक्रिया पछि अमेरिकाले फेरि युक्रेनसँग छलफल गर्ने अपेक्षा गरिएको छ।
ट्रम्प सरकारले युक्रेनसँग सल्लाह नगरी बनाएको योजनाको युरोपमा मात्रै नभएर ट्रम्पकै रिपब्लिकन पार्टीका नेताहरूले समेत विरोध गरिरहेका छन्।
यसै क्रममा सो दस्तावेज ट्रम्प सरकारले नभएर रूसले बनाएको भनेर अमेरिकी विदेश मन्त्री मार्को रूबियोले आफूलाई बताएको केही अमेरिकी सांसदले दाबी गरेका छन्।
सो योजनाबारे युक्रेनी अधिकारीहरूसँग वार्ताका लागि जेनेभा जानुअघि रूबियोले सत्तारूढ रिपब्लिकन र विपक्षी डेमोक्र्याटिक दुवै पार्टीका केही सांसदसँग कुरा गरेको विभिन्न मिडियाले लेखेका थिए।
सो योजनाको व्यापक विरोध भएपछि ट्रम्पले त्यो प्रस्ताव युक्रेनका लागि अन्तिम विकल्प नरहेको र त्यसमा परिमार्जन गर्न सकिने बताएका छन्।
ट्रम्पको २८ बुँदे योजनामा मुख्यतः लामो समयदेखि रूसले राख्दै आएका माग छन्।युक्रेनले आफ्नो भूभाग रूसलाई सुम्पने, आफ्ना सेनाको आकार सीमित गर्ने र युद्धविरामपछि पश्चिमी शान्ति सेनाको लागि कुनै पनि भूमिका नहुने कुराहरू त्यसमा समावेश छन्।
युद्ध अन्त्यका लागि आफ्नो कब्जामा रहेको क्राइमिया र डोनबास क्षेत्रका युक्रेनी भूभाग मात्रै नभएर आफ्नो नियन्त्रणमा नभएका केही भागको पनि स्वामित्व दिनुपर्ने पुटिनले माग गर्दै आएका छन्।
झण्डै एक दशकदेखि लगातार आक्रमण गरे पनि पुटिनले डोनबास क्षेत्र पूर्ण रूपमा कब्जा गर्न सकेको छैन। लुहान्स्क र दोनेत्स्कलाई संयुक्त रूपमा डोनबास क्षेत्र भन्ने गरिन्छ।
लुहान्स्कको लगभग सबैजसो भाग रूसले कब्जा गरे पनि दोनेत्स्कको १० प्रतिशत भन्दा बढी भाग युक्रेनकै नियन्त्रणमा छ।
त्यहाँ युक्रेनले वर्षौंदेखि बलियो रक्षात्मक संरचना बनाएकाले रूसले युद्ध गरेर लिन निकै मुश्किल हुने मानिन्छ। सो भूभाग रूसलाई दिए रूसले त्यहाँबाट अगाडि बढ्न फेरि आक्रमण गरे रोक्न नसकिने भएकाले युक्रेनले सो सर्त अस्वीकार गर्दै आएको छ।
जेलेन्स्कीले ती सर्त ठाडै अस्वीकार गरे ट्रम्प रिसाउलान् भनेर हाललाई सो योजनामा इमानदारीपूर्वक संलग्न हुने भनेका छन्।
उनले त्यसो भने पनि युरोपेली देशहरूले भने सो योजनाको विरोध गरेका छन्। अमेरिकाभित्रै पनि त्यसको विरोध भएपछि ट्रम्पले समेत त्यसमा परिमार्जन गर्न सकिने बताएका छन्।
त्यसपछि जेनेभामा भएको छलफलमा अमेरिका र युक्रेनले १९ बुँदे मस्यौदा तयार पारेका हुन्। त्सपछि फेरि अमेरिकामा दुई देशले छलफल गरेका छन्। विट्कफले सो वार्ताबारे पुटिनलाई ब्रिफिङ गर्ने छन्।
News Desk 0 response मङ्लबार, मंसिर १७, २०८२

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


