

-
काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईको गृहजिल्ला ताप्लेजुङका उनीनिकट दुई नेतालाई पार्टी प्रदेश कमिटीले कारबाही गरेको छ।
पार्टी महाधिवेशनको मुखैमा प्रदेश सल्लाहकार परिषद् सदस्य तथा कोशीका पूर्वमन्त्री बलबहादुर साम्सोहाङ र कोशी प्रदेश पर्यटन विभाग सचिव मणिशंकर पोमुलाई प्रदेश कमिटीले कारबाहीको पत्र थमाएको हो।
‘उनीहरूलाई १५ दिनको स्पष्टीकरण सोधेर जिम्मेवारीबाट मुक्त गरिएको छ,’ कोशी प्रदेश कमिटीका एक पदाधिकारीले भने, ‘त्यतिन्जेलका लागि पार्टी सदस्यबाट पनि निलम्बन गरिएको छ।’
मंसिर ११ गतेको मितिमा उनीहरूलाई स्पष्टीकरण सोधेको र निलम्बनको पत्र पठाइएको ती पदाधिकारीले बताए।
महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचन प्रक्रियाको क्रममा निर्वाचन कमिटी संयोजक राजकुमार चुडालमाथि सांघातिक हमला र निर्वाचन प्रकियामा अवरोध खडा गरेको अभियोगमा उनीहरूमाथि कारबाही भएको हो।
ताप्लेजुङमा महाधिवेशन प्रतिनिधिको चयन भने सर्वसम्मत भएको थियो।
प्रदेश अध्यक्ष घनश्याम खतिवडाले हस्ताक्षर गरेको कारबाही पत्रमा भने सोही व्यहोरा उल्लेख छ। जिल्ला कमिटीको सिफारिसको आधारमा कारबाही गरिएको पनि पत्रमा उल्लेख छ।
पार्टी सचिव भट्टराई पछिल्लो समय ईश्वर पोखरेल समूहमा छन्। पोखरेलले एमाले महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्ष पदमै प्रतिष्पर्धा गर्ने घोषणा गरिसकेका छन्।
News Desk 0 response मङ्लबार, मंसिर १७, २०८२

सम्बन्धित शीर्षकहरु
सुकुम्वासी बस्ती खाली गर्ने सरकारको अभियानविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश
मङ्लबार, बैशाख १५, २०८३-
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि सुरु
मङ्लबार, बैशाख १५, २०८३ -
आज र भोलि कोशी र गण्डकीका केही..
मङ्लबार, बैशाख १५, २०८३ -
सुकुम्वासी बस्ती खाली गर्ने सरकारको अभियानविरुद्ध दायर..
मङ्लबार, बैशाख १५, २०८३ -
सुडानमा विमान दुर्घटना हुँदा चालकसहित १४ जनाको..
मङ्लबार, बैशाख १५, २०८३ -
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे..
सोमवार, बैशाख १४, २०८३
-
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि सुरु
मङ्लबार, बैशाख १५, २०८३ -
आज र भोलि कोशी र गण्डकीका केही..
मङ्लबार, बैशाख १५, २०८३ -
सुकुम्वासी बस्ती खाली गर्ने सरकारको अभियानविरुद्ध दायर..
मङ्लबार, बैशाख १५, २०८३ -
सुडानमा विमान दुर्घटना हुँदा चालकसहित १४ जनाको..
मङ्लबार, बैशाख १५, २०८३ -
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे..
सोमवार, बैशाख १४, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३



