• काठमाडौं : केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई पक्राउ गरेको छ ।

    सीआईबीको टोलीले उनलाई आज पक्राउ गरेको हो । यस बारेमा थप विवरण आउन बाँकी छ ।

    गत कात्तिक २२ मा सीआईबीले बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो ।

    यसअघि ११ कात्तिकमा प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनलाई सीआईबीले पक्राउ गरेको थियो । उनी एमालेका पूर्वसांसद समेत हुन् ।

    ९८ करोड रुपैयाँ ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।