

-
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता घोषणा भएको छ ।
काठमाडौंको राष्ट्रिय सभागृहमा आज आयोजित एकता घोषणा सभामा रास्वपाका तर्फबाट कार्यवाहक सभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले हस्ताक्षर गरेका छन् भने विवेकशील साझाको तर्फबाट अध्यक्ष समीक्षा बाँस्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारले हस्ताक्षर गरेका हुन् ।
एकतापछि पार्टीको नाम रास्वपा र चुनाव चिह्न घण्टी नै रहने सहमति भएको छ । त्यस्तै विवेकशील साझाका नेताहरूलाई पार्टी महाधिवेशनसम्मका लागि सङ्घीय नेतृत्व मञ्चमा राख्ने सहमति भएको छ । मञ्च सदस्यहरूको हैसियत केन्द्रीय सदस्यसरह हुने बताइएको छ ।
दुई दलबीच भएको पाँच बुँदे सहमतिमा वैकल्पिक राजनीतिको प्रवर्द्धनमा स्व. उज्वल थापा एवम् ‘विवेकशील अभियान’ को योगदानलाई दस्तावेजीकरण गरी मान्यता दिने उल्लेख छ ।
विवेकशील साझाका नेता मिलन पाण्डेले भने सामाजिक सञ्जालमा लेख्दै आफू रास्वपासँगको एकता प्रक्रियाबाट बाहिरिएको जानकारी गराएका छन् ।
News Desk 0 response आइतवार, मंसिर १५, २०८२

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


