

-
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले पोखरा एभेञ्जर्सलाई ३ विकेटले हराएको छ । पोखराले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर भेटायो । लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ४०, निरोशन डिकवेलाले ३७ र सन्दीप जोराले अविजित २२ रन बनाए । पोखराका बिपिन खत्री, सागर ढकाल र म्याट टेलरले समान २ विकेट तथा जिम्मी निशमले १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको पोखराले ५ विकेट गुमाएर १ सय ५० रन बनायो । पोखराका एडम रोसिङ्टोनले ८१ रन बनाए । यस्तै जिम्मी निशमले अविजित ५१ रन बनाए ।
लुम्बिनीका शेर मल्ल र तिलक भण्डारीले समान २ तथा गुल्बादिन नइबले १ विकेट लिए ।
यो जीतसँगै लुम्बिनी २ स्थान उक्लिँदै ४ अङ्कसहित पाँचौ स्थानमा पुगेको छ । हारसँगै पोखरा तालिकाको सातौं स्थानमा झरेको छ ।
यस्तै आजै दिउँसो साढे ३ बजे सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच खेल हुनेछ । सुदूरपश्चिम यो प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको छ । चार वटा खेल खेलेको सुदूरपश्चिम ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।
तीन खेलमा एउटा पनि खेल जित्न नसकेको साविक विजेता जनकपुर अङ्कविहीन हुँदै तालिकाको पुछारमा छ ।
यस्तै ८ अङ्कसहित विराटनगर दोश्रो, ६ अङ्कसहित काठमाण्डु तेश्रो, ४ अङ्कसहित चितवन चौथो र २ अङ्कसहित कर्णाली पाँचौ स्थानमा छ ।
एनपीएलमा आठ वटा फ्रेन्चाइज टोली सहभागी छन् । गएको मङ्सिर १ गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल क्रिकेट यहि २७ गतेसम्म चल्नेछ ।
News Desk 0 response शनिबार, मंसिर १४, २०८२

सम्बन्धित शीर्षकहरु
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र विद्यार्थीसहित ७ जनाविरुद्ध मुद्दा दायर
मङ्लबार, भदौ २, २०८३-
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३
-
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



