

-
काठमाडौं : नेपाल प्रिमियर लिग ९एनपीएल० मा आज पनि दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट रंगशालामा पहिलो खेल बिहान पौने १२ बजे चितवन राइनोज र काठमाण्डु गोर्खाजबीच हुनेछ । दोस्रो खेल दिउँसो ४ बजे विराटनगर किंग्स र कर्णाली याक्सबीच हुनेछ ।
करण केसीको कप्तानीमा रहेको काठमाण्डुले आज सिजनको पाँचौं खेल खेल्दैछ भने कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोजको आजको खेल चौथो हो । दुवै टोलीले अहिलेसम्म दुई–दुई खेल जितेका छन् । अंक तालिकामा पाँचौं स्थानमा रहेको कर्णाली याक्सले अहिलेसम्म तीन खेल खेल्दा एक खेलमा मात्र जित निकालेको छ ।
कर्णाली २ अंकसँगै तालिकाको पाँचौं स्थानमा छ । चितवन र काठमाण्डुबीचको आजको खेलको विजेताले प्लेअफको सम्भावना बलियो बनाउनेछ । दुवै टोलीको ४–४ अंक छ । यस सिजनमा काठमाण्डौको रनरेट केही कमजोर देखिएको छ ।
आजै हुने दोस्रो खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर फेरि जितको लयमा फर्किने रणनीतिमा छ । लगातार तीन खेलमा जित निकालिसकेको विराटनगर यसअघि अस्ति बुधवार चितवनसँग पराजित भयो ।
यस्तै सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले पहिलो खेलमा जित निकाल्दै उत्साहजनक शुरूवात गरेको थियो । तर त्यसपछि लगातार दुई खेल पराजित भयो । आजको खेलमा कर्णाली जित हासिल निकाल्ने उद्देश्य सहित मैदानमा उत्रदैछ ।
News Desk 0 response शुक्रबार, मंसिर १३, २०८२

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


