

-
काठमाडौं : जनता समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टी, नेपालले एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा प्रतिष्पर्धा गर्ने भएका छन् ।
बुधवार निर्वाचन आयोग पुगेर अशोक राई, राजेन्द्र महतो र रेशमलाल चौधरीले एउटै चुनाव चिन्हबाट निर्वाचन लड्ने भन्दै निर्वाचन आयोगमा निवेदन दिएका हुन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले जसपाको नेपाली कम्युनिष्ट पार्टीसँग कुनै एकता नहुने र निर्वाचन पछि पनि कुनै कम्युनिष्ट पार्टीमा मिसिने सम्भावना नरहेको जिकिर गरे ।
उनले भने, ‘नेपाली कम्युनिष्ट पार्टीमा एकता हुँदैन, टुंगो लागिसक्यो । हामी तीन वटा दल मिलेर चुनाव चिन्हमा चुनाव लड्दैछौँ । चुनाव पछि कुनै कम्युनिष्ट पार्टीमा मिसिने हाम्रो सम्भावना छैन । जनता समाजवादी पार्टी समाजवादतर्फ अग्रसर हुने, संघीयतालाई आत्मसात गरेको पार्टीको रुपमा रहन्छ । पुष्पकमल दाहालसँग सके एकीकरण नसके चुनावी मोर्चा बनाएर जाऔँ भन्नेकुरा भएको हो । मैले निरन्तर एकीकरण सम्भव छैन, चुनावी मोर्चा गरेर जाऔँ भनेको थिएँ, चुनावी मोर्चा नबनाऔँ भन्नेमा टुंगो लागेपछि तीन वटा दल मिलेर चुनावी मोर्चा बनाएँ ।’
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले टुट्नु र फुट्नु राजनीतिको संस्कार भएको बताए । सबैभन्दा ठूलो कुरा मुद्दा हुने भन्दै आफ्नो मुद्दामा अडिग रहन सक्नुपर्ने बताए ।
उनले भने, ‘टुट्ने फुट्ने भनेको राजनीतिक संस्कार हो । सबैभन्दा ठूलो कुरा मुद्दा हो । मुद्दा उडेको देखियो भने समात्न खोज्ने हो । देश रहेन भने केको अधिकारी रु केको थारु देश ठूलो कुरा हो ।’
राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मूल्य, मान्यताको आधारमा एकीकृत हुनसके विभाजन कम हुने बताए । तर आफूहरु एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी हुने उद्देश्यका साथ निर्वाचन आयोग पुगेको बताए । आफूहरु खास उद्देश्य र लक्ष्यका साथ सहकार्य गरिरहेको बताए ।
उनले भने, ‘मुख्य रुपले मूल्य, मान्यताको आधारमा एकीकृत भयो भने त्यो विभाजन कम हुन्छ । हाम्रो यो अहिले एकल चुनाव चिन्हमा तीन वटा दल जाने निर्णय गरेका छौँ । यो खास उद्देश्य र खास लक्ष्य प्राप्तिका लागि सहकार्य गर्ने निर्णय गरेका हौँ । देशमा अधिकार पहिचान, सुशासन, सभ्यता, संस्कृतिको सवालमा एकजुट हुनेछौँ ।’
निर्वाचन आयोगमा हालसम्म १०१ वटा राजनीतिक दलहरुको निवेदन परेको निर्वाचन आयोगले जनाएको छ ।
News Desk 0 response बुधबार, मंसिर ११, २०८२

सम्बन्धित शीर्षकहरु
सुकुम्वासी बस्ती खाली गर्ने सरकारको अभियानविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश
मङ्लबार, बैशाख १५, २०८३-
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि सुरु
मङ्लबार, बैशाख १५, २०८३ -
आज र भोलि कोशी र गण्डकीका केही..
मङ्लबार, बैशाख १५, २०८३ -
सुकुम्वासी बस्ती खाली गर्ने सरकारको अभियानविरुद्ध दायर..
मङ्लबार, बैशाख १५, २०८३ -
सुडानमा विमान दुर्घटना हुँदा चालकसहित १४ जनाको..
मङ्लबार, बैशाख १५, २०८३ -
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे..
सोमवार, बैशाख १४, २०८३
-
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि सुरु
मङ्लबार, बैशाख १५, २०८३ -
आज र भोलि कोशी र गण्डकीका केही..
मङ्लबार, बैशाख १५, २०८३ -
सुकुम्वासी बस्ती खाली गर्ने सरकारको अभियानविरुद्ध दायर..
मङ्लबार, बैशाख १५, २०८३ -
सुडानमा विमान दुर्घटना हुँदा चालकसहित १४ जनाको..
मङ्लबार, बैशाख १५, २०८३ -
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे..
सोमवार, बैशाख १४, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
अमेरिकी सहायक विदेश मन्त्री समिर पल नेपाल..
आइतवार, बैशाख ६, २०८३



