

-
काठमाडौं : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११औं महाधिवेशनका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । उनले आज विज्ञप्ति निकालेर अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका हुन् ।
पोखरेलले विज्ञप्तिमा पार्टीको आन्तरिक लोकतन्त्रसम्बन्धी आफैँले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास लिएको उल्लेख गरेका छन्।
पोख्रेलको विज्ञप्तिमा भदौ २३ र २४ को दुवै दिनको घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, पार्टीमा जबज कार्यान्वयनको समीक्षा गर्नुपर्ने, पार्टीको मुख्य नेतृत्वमा दुई कार्यकालको प्रावधानलाई पार्टी विधानमा पुनर्स्थापित गरिनुपर्ने, पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीमा फर्काउनुपर्ने लगायतका कुरा समेटेका छन् ।
यसअघि पोखरेलले पार्टी सचिवालयको ६०औं बैठकमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने जानकारी गराउँदै अध्यक्ष ओलीलाई अभिभावकीय भूमिकामा बस्न आग्रह गरेका थिए । त्यस बेला अध्यक्ष ओलीले नवौं र १०औं महाधिवेशन सम्झाउँदै मिलेर जान भनेका थिए ।
नवौं महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्नुभएका माधवकुमार नेपालले पार्टी छाड्नुपरेको थियो भने १०औंमा प्रतिस्पर्धा गरेका भीम रावल पार्टीबाट निकालिएका थिए ।
News Desk 0 response मङ्लबार, मंसिर १०, २०८२

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


