

-
काठमाडौं : गएको भदौ २३ र २४ गते भएको नवयुवाको आन्दोलनका क्रममा काठमाण्डौमा ज्यान गुमाएकामध्ये सात जनाको अझै पहिचान खुल्न सकेको छैन ।
जिल्ला प्रहरी परिसर काठमाडौंमा ४९ जनाको मृत्यु दर्ता भएकोमा उनीहरूमध्ये सात जनाको पहिचान नखुलेको परिसरका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जानकारी दिए ।
प्रहरीका अनुसार ती शवहरू पूर्णरूपमा डढेर चिन्न नसक्ने भएका छन् । उनीहरूको पहिचानका लागि डीएनए परीक्षण गर्न पठाएको एसपी भट्टराईले बताए ।
काठमाण्डौ प्रहरी परिसरले भदौ २३ र २४ गतेको आन्दोलनसँग सम्बन्धित १ सय ४ वटा जाहेरी दर्ता गरेको जनाएको छ । परिसरले आज गरेको पत्रकार सम्मेलनमा एसपी भट्टराईले दर्ता भएका उजुरीमध्ये व्यक्तिगत २२, सरकारी कार्यालयसँग सम्बन्धित ६६ र संस्थागत तथा व्यापारिक प्रतिष्ठानका १६ वटा रहेको जानकारी दिए ।
यस्तै कर्तव्य ज्यान, आपराधिक उपद्रव, चोरी, हातहतियार खरखजनासम्बन्धी, अभद्र व्यवहार र ज्यान मार्ने उद्योगसम्बन्धी १ सय ५४ वटा मुद्दा दर्ता भएको र दर्ता भएका मुद्दामा अहिलेसम्म २ सय ६७ जनालाई पक्राउ गरेको कार्यालयले जनाएको छ ।
पक्राउ परेकामध्ये ८७ जनालाई हाजिरी जमानीमा छोडेर अनुसन्धान भइरहेको र १ सय १३ जनालाई न्यायिक हिरासतमा राखिएको छ । न्यायिक प्रक्रियामा पेस गरिएका अभियुक्तमध्ये २३ जना धरौटीमा रिहा भएका छन् भने ४३ जना पुर्पक्षका लागि थुनामा राखिएका छन् ।
News Desk 0 response सोमवार, मंसिर ९, २०८२

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


