

-
काठमाडौं : पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चीनबाट सामान आयातमा समस्या परेको छ । गएको असार २४ गते नेपाल–चीन सिमानामा रहेको लेन्दे खोलामा आएको बाढीले रसुवागढीमा रहेको मितेरी पुल बगाएपछि केरुङ नाका बन्द छ ।
व्यापारीहरूले दशैँ, तिहार लगायतका चाडपर्वलाई केन्द्रित गरेर ल्याएका लत्ताकपडा तथा अन्य सामग्री पाँच महिनादेखि नाकामै अलपत्र अवस्थामा रहेको छ । केरुङ नाकामा झन्डै दुई सय कन्टेनर सामान थन्किएको राष्ट्रिय व्यापार सङ्घका पूर्वअध्यक्ष सरोजकुमार श्रेष्ठ बताए ।
सिन्धुपाल्चोकको तातोपानी नाका अहिले फाट्टफुट्ट मात्रै सञ्चालनमा छ । वर्षाका कारण अरनिको राजमार्ग बन्द हुँदा रोकिएको नाका तिहारपछि राम्रोसँग सञ्चालनमा आएको हो ।
केरुङ नाका बन्द र तातोपानी नाका राम्रोसँग सञ्चालन नहुँदा केही व्यवसायीहरूले महँगो ढुवानी तिरेर मुस्ताङको कोरोला नाका हुँदै सामान आयात गर्नुपरेको सङ्घका पूर्वअध्यक्ष श्रेष्ठको भनाइ छ ।
कोरोला नाकाबाट सामान ढुवानी गर्ने गाडीका लागि दैनिक चाररपाँच वटाको मात्रै चीन प्रवेशको पास उपलब्ध भइरहेको व्यापारीहरूको गुनासो छ । कोरोला नाकाबाट ल्याएको सामान मुस्ताङ, पोखरा हुँदै काठमाडौं ल्याउनुपर्ने बाध्यता छ । अहिले चिसोका कारण कोरोला नाका पनि बन्द छ ।
चीनबाट सामान आयातका लागि केरुङ नाका सक्दो चाँडो खोल्नुपर्ने नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका निवर्तमान अध्यक्ष कुमार कार्कीले बताए।
चीनबाट नेपालमा लत्ताकपडा, जुत्ता, कस्मेटिक, इलेक्ट्रोनिक्स, फलफूल, गाडीको पार्ट्स लगायत आयात हुँदै आएको छ ।
News Desk 0 response आइतवार, मंसिर ८, २०८२

सम्बन्धित शीर्षकहरु
-
रुसी तेल किन्न पाउने सीमा एक महिना..
आइतवार, बैशाख ६, २०८३ -
अमेरिकी सहायक विदेश मन्त्री समिर पल नेपाल..
आइतवार, बैशाख ६, २०८३ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
अस्ट्रेलिया र जापानबीच ७ अर्ब डलरको युद्धपोत..
शनिबार, बैशाख ५, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३
-
रुसी तेल किन्न पाउने सीमा एक महिना..
आइतवार, बैशाख ६, २०८३ -
अमेरिकी सहायक विदेश मन्त्री समिर पल नेपाल..
आइतवार, बैशाख ६, २०८३ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
अस्ट्रेलिया र जापानबीच ७ अर्ब डलरको युद्धपोत..
शनिबार, बैशाख ५, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३
-
सिंहदरवार भित्र ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने सरकारको..
सोमवार, चैत्र ३०, २०८२ -
नयाबर्षदेखि काठमाडौंमा राती पनि सार्वजनिक बस चल्ने
सोमवार, चैत्र ३०, २०८२ -
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले पनि मागे हप्तामा दुई..
आइतवार, चैत्र २९, २०८२ -
सबैभन्दा कम उमेरमा उपसभामुख भइन् रुबी
शुक्रबार, चैत्र २७, २०८२ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३



