• काठमाडौं : अमेरिकाबाट बुधबार डिपोर्ट हुने ३५ जना नेपालीहरूमा सबैभन्दा बढी दाङ र रुकुमका रहेका छन् ।

    अध्यागमन विभाग स्रोतका अनुसार दाङका १४ जना र रुकुम पूर्व र पश्चिमका गरी ११ जना रहेको पाइएको छ ।

    यस्तै अन्य जिल्लाहरूमा महोत्तरी, मकवानपुर, काठमाडौँ, रोल्पा, बाँके, बागलुङ, पर्वत र सिन्धुपाल्चोकका प्राय एकरएक जना रहेका छन् ।