

-
काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीकी निवर्तमान सांसद सुमना श्रेष्ठसँगको पटक पटकको वार्ता र छलफल असफल भएपछि उर्जा मन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टीको विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।
यद्धपी आयोगमा बुझाइएको सूचीमा कूलमानको नाम समावेश भने गरिएको छैन ।
एक व्यक्ति एक पदको अवधारणाअनुसार उनी मन्त्री रहुन्जेल पार्टीको जिम्मेवारीमा नरहने तर वास्तविक पार्टी संचालन उनले नै गर्ने र मन्त्रीबाट हट्ने वित्तिकै पार्टी अध्यक्ष हुने बताइएको छ ।
साउन २७ गते नै मानबहादुर तामाङको नेतृत्वमा निवेदन दिएको उज्यालो नेपाल पार्टी पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्यायको अध्यक्षतामा पुनर्गठन गर्दै विवरण बुझाइएको केन्द्रिय सदस्य जितराम वाइबाले जानकारी दिए।
उनका अनुसार डडेलधुराको प्रदेश सभा २ मा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित सांसद डा. तारा जोशी, प्राध्यापक डाक्टर महेन्द्र लावती, चर्चित कार्यक्रम प्रस्तोता रिमा विश्वकर्मा, खड्गबहादुर बस्नेत, टासी ल्हाजोमलगायतको नाम आयोगमा अध्यावधिक गरिएको हो । यो पार्टीले चुनाव चिह्न भने बिजुलीको चिम माग गरेको छ।
हाल अध्यक्ष तोकिएका उपाध्याय उर्जा सचिवबाट अवकास पाएका कर्मचारी हुन् । उनी निकै वर्षदेखि कुलमानसँग नजिक भएर काम गरेको बताइएको छ ।
एमालेका नेता जोशी प्रदेश सभाको गत निर्वाचनमा पार्टीले नेपाली कांग्रेस विपीसँग सहकार्य गरेका कारण टिक पाएका थिएनन् । त्यसपछि स्वतन्त्र जितेर प्रदेश सांसद भएका उनी नेकपा समाजवादीका गतिविधिमा सक्रिय भएका थिए । खासगरि घनश्याम भुषाल निकट मानिने उनी उक्त पार्टी छिन्न भिन्न भएपछि अहिले कुलमानको टिममा पुगेका छन् ।
प्रध्यापक लावती पंचायत र वहुदलकालका चर्चित मन्त्री पद्धम सुन्दर लावतीका छोरा तथा हाल राप्रपा नेता रहेका सगुन सुन्दर लावतीका दाई हुन् ।
टासी यसअघि सुशीला कार्की नेतृत्वकै सरकारमा पर्यटनमन्त्री बन्ने चर्चामा थिइन्। तर उनका विषयमा सामाजिक सञ्जालमा टिकाटिप्पणी भएपछि उनको मन्त्री बन्ने यात्रामा ब्रेक लागेको थियो।
रिमा विश्वकर्मा भने चर्चित मोडल हुन् । जेनजी विद्रोह अगाडिसम्म केपी ओलीलाई आफ्नो आदर्श भन्ने गरेकी उनले जेनजी विद्रोह र त्यसपछि भने सामाजिक संजालमा केही विवादास्पद पोष्टहरु गरेकी थिइन ।
पूर्वसांसद सुमना श्रेष्ठ, हामी नेपालका संयोजक सुदन गुरुङ, बालेनलगायतका चर्चित व्यक्तिहरु अहिले सहभागी नभए पनि उनीहरुसँग सहकार्य हुने दावी पार्टीसँग सम्वन्धित व्यक्तिहरुले गरेका छन् ।
News Desk 0 response मङ्लबार, कार्तिक २६, २०८२

सम्बन्धित शीर्षकहरु
-
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


