

-
एउटा शहरको एउटा एउटा मेयरको चुनावले कति अर्थ राख्छ भन्ने कुरा यसपटक अमेरिकाको न्यूयोर्क महानगरपालिकाको निर्वाचनले स्पष्ट पारेको छ । केही घण्टा अघि सार्वजनिक भएको निर्वाचन परिणामले विश्वभर नै खैलाबैला मच्चाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई ‘शोकमा पार्ने’ गरि मम्दानीले निर्वाचन जितेपछि विश्व वामपन्थी राजनीति र युवा नेताहरुको साथै विश्वभरका अल्पसंख्यकहरुलाई भने उत्साहित बनाएको छ । साथसाथै केही गम्भिर प्रश्नहरु पनि खडा गरिदिएको छ ।
न्यूयोर्कको मेयरको उम्मेद्वारी दिएदेखि नै जोहरान मम्दानीको विरुद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प त सामदाम दण्डभेद सबै अपनाएर आफै मैदानमै उत्रिएका थिए । चुनावको दुई दिन अगाडि उनले ममदानी निर्वाचित भएमा संघीय सरकारले न्यूयोर्क महानगरलाई दिने अनुदान रोक्का गर्ने चेतावनी दिएका थिए । तर ट्रम्पको धम्कीलाई वेवास्ता गर्दै न्यूयोर्कवासीले ३४ वर्षिय मम्दानीलाई मेयर निर्वाचित गराइदिएका छन् ।
यो घटनाले ट्रम्पलाई शोकमा पारेको कुरामा शंका छैन । के उनले भनेझैं अब साच्चै नै संघीय सरकारले न्यूयोर्क महानगरलाई दिने अनुदान कटौती वा रोक्का गर्ला रु त्यस्तो भएमा मम्दानी र
चुनावको क्रममा ट्रम्पले मम्दानीलाई व्यक्तिगतरुपमा अनेकौं आरोप लगाउँदै उनलाई कुनै पनि हालतमा हराउनु पर्नेमा जोड दिइरहेका थिए । ट्रम्पले उनलाई कम्युनिष्ट भएको, इजरायल विरोधी र स्वतन्त्र प्यालेष्टाइन समर्थक भएको, अमेरिका विरोधी भएकोदेखि अनेकौं आरोप लगाइरहे । तर, मम्दानीले ट्रम्पमाथि व्यक्तिगत आरोप लगाएनन्, बरु उनको उदण्ड स्वभावले अमेरिकामा सृजना गरेको समस्यालाई तथ्यगत रुपमा राखे । ‘ट्रम्पवाद’ अमेरिका र सिंगो विश्वको लागि कति खतरनाक छ भन्नेकुरालाई प्रचारको मुख्य एजेण्डा बनाए ।
धेरै मानिसहरु मम्दानीलाई कम्युनिष्ट भएको आरोप लगाउँछन् । जसप्रति उनले कहिल्यै कुनै टिप्पणी गरेका छैनन् । बरु, अघोषितरु पमा त्यसलाई स्वीकार गरेका छन् । सन् २०२० मा भारतीय कम्युनिस्ट पार्टी ९मार्क्सवादी०बाट २१ वर्षकै उमेरमा मेयर निर्वाचित भएकी आर्या राजेन्द्रन बधाई दिँदै अब न्यूयोर्कलाई पनि त्यस्तै खालको मेयर चाहिन्छ भनेपछि उनी कम्युनिष्ट पार्टीमा आवद्ध रहेको चर्चा चलेको थियो ।
भारतीय मूलकी विख्यात चलचित्र निर्देशक मिरा नायरका छोरा नवनिर्वाचित मेयर मम्दानीको नजरमा अहिले विश्व राजनीतिका सबैभन्दा खतरनाक तीन पात्र ट्रम्प, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु हुन् ।
चुनाव प्रचारको क्रममा दिएको अन्तरवार्तामा मोदी मुख्यमन्त्री हुँदा सन् २००४ मा गुजरातमा मुसलमानहरुको कत्लेआम गरिएको स्पष्ट पार्दै आफूले मोदीलाई राजनेता होइन, हत्याराको रुपमा लिने गरेको बताएका थिए । आफ्ना आमा बाबु पनि मुसलमान भएकै कारण गुजरातबाट लखेटिन वाध्य भएको बताउँदै आएका छन् ।
त्यस्तै इजरायली प्रधानमन्त्री नेतान्याहु विरुद्ध पनि मम्दानी आक्रामक अभिव्यक्ति दिँदै आएका छन् । उनकी पत्नी रमा दुवाजी त अमेरिकामा प्यालेष्टाइन समर्थकहरुलाई सहयोग गर्ने कार्यकर्ताहरु मध्ये अग्र पङितमा पर्छिन् । त्यहीकारण मम्दानीको जीतलाई केवल एउटा शहरको मेयरको जित मात्र नभएर अन्धराष्ट्रवादको आडमा विरोधीहरुमाथि दमन गर्दै आएका ट्रम्प—नेतान्याहु र मोदी खेमाको पराजयकोरुपमा चर्चा भइरहेको छ । साथै विश्वभर धक्का खाइरहेका कम्युनिष्टहरु र युवा राजनीतिका पक्षधरहरुलाई केही हदसम्म भए पनि राहत दिएको छ ।
News Desk 0 response बुधबार, कार्तिक २०, २०८२

सम्बन्धित शीर्षकहरु
२ वटा अध्यादेश जारी गर्न सरकारद्वारा राष्ट्रपतिसमक्ष सिफारिश, प्रतिपक्षको विरोध
मङ्लबार, बैशाख १५, २०८३-
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी..
मङ्लबार, बैशाख १५, २०८३ -
२ वटा अध्यादेश जारी गर्न सरकारद्वारा राष्ट्रपतिसमक्ष..
मङ्लबार, बैशाख १५, २०८३ -
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि सुरु
मङ्लबार, बैशाख १५, २०८३ -
आज र भोलि कोशी र गण्डकीका केही..
मङ्लबार, बैशाख १५, २०८३ -
सुकुम्वासी बस्ती खाली गर्ने सरकारको अभियानविरुद्ध दायर..
मङ्लबार, बैशाख १५, २०८३
-
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी..
मङ्लबार, बैशाख १५, २०८३ -
२ वटा अध्यादेश जारी गर्न सरकारद्वारा राष्ट्रपतिसमक्ष..
मङ्लबार, बैशाख १५, २०८३ -
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि सुरु
मङ्लबार, बैशाख १५, २०८३ -
आज र भोलि कोशी र गण्डकीका केही..
मङ्लबार, बैशाख १५, २०८३ -
सुकुम्वासी बस्ती खाली गर्ने सरकारको अभियानविरुद्ध दायर..
मङ्लबार, बैशाख १५, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
अमेरिकी सहायक विदेश मन्त्री समिर पल नेपाल..
आइतवार, बैशाख ६, २०८३



