

-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायलतर्फ प्रस्थान गरेका छन् । गाजामा जीवित रहेको अनुमान गरिएका २० जना इजरायली बन्धकहरु पहिलो चरणमा आज मुक्त हुँदैछन । योसँगै इजरायलले झन्डै दुई हजार प्यालेस्टिनी कैदी र बन्दीहरूलाई रिहा गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ ।
ट्रम्पले इजरायलको संसदलाई सम्बोधन गर्ने, प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गर्ने र बन्धकका परिवारसँग भेटघाट गर्ने कार्यक्रम रहेको खबरमा उल्लेख छ । यस्तै राष्ट्रपति ट्रम्प इजिप्टमा हुने ‘गाजाको भविष्य’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुनुहुनेछ । त्यहाँ २० भन्दा धेरै देशका नेता उपस्थित हुनेछन् ।
संयुक्त राष्ट्रसंघको मानवतावादी संयोजन कार्यालयले युद्धविरामपछि गाजामा राहत कार्यमा ‘वास्तविक प्रगति’ भएको जनाएको छ । गएको शुक्रवारदेखि खाना पकाउने ग्यास, खाना, औषधि, फलफूल र टेन्ट जस्ता सामग्री गाजामा पठाउन थालिएको छ ।
इजिप्टको राफाह नाकामा सयौं राहत सामग्रीका ट्रकहरू गाजातर्फ प्रवेशका लागि तयारी अवस्थामा छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायल प्रस्थान गर्नुअघि गाजा युद्ध समाप्त भएको समेत बताएका छन् ।
News Desk 0 response सोमवार, अशोज २७, २०८२


सम्बन्धित शीर्षकहरु
-
जेनजी कुटपिटबाट घाइते भएका देउवा आज सार्वजनिक..
मङ्लबार, अशोज २८, २०८२ -
सर्वोच्च अदालतमा आजदेखि रिट दर्ता खुल्ने
मङ्लबार, अशोज २८, २०८२ -
मेची राजमार्गको वैकल्पिक मार्ग अझै सञ्चालनमा आएन
मङ्लबार, अशोज २८, २०८२ -
हमासले विपिनसहितको भनेर चार शव बुझायो
मङ्लबार, अशोज २८, २०८२ -
देशभरको मौसम सफा, कोशीका पहाडी भेगमा हल्का..
मङ्लबार, अशोज २८, २०८२
-
सर्वोच्च अदालतमा आजदेखि रिट दर्ता खुल्ने
मङ्लबार, अशोज २८, २०८२ -
मेची राजमार्गको वैकल्पिक मार्ग अझै सञ्चालनमा आएन
मङ्लबार, अशोज २८, २०८२ -
हमासले विपिनसहितको भनेर चार शव बुझायो
मङ्लबार, अशोज २८, २०८२ -
देशभरको मौसम सफा, कोशीका पहाडी भेगमा हल्का..
मङ्लबार, अशोज २८, २०८२ -
साढे ८ करोड रुपैयाँ बिगो मागदाबी गर्दै..
सोमवार, अशोज २७, २०८२
-
नेपाल र जर्मनीबीच वित्तीय र प्राविधिक सहयोगसम्बन्धी..
बुधबार, अशोज २२, २०८२ -
इजरायल र हमासबीच शान्ति योजनामा सहमति भएको..
बिहिबार, अशोज २३, २०८२ -
खटाईएका प्रमुख प्रशासकीय अधिकृत कार्यक्षेत्र नपुगेपछि मन्त्रालयको..
मङ्लबार, अशोज २१, २०८२ -
ओली प्रधानमन्त्री हुँदा पाँच पटक अन्यायमा परेका..
शुक्रबार, अशोज २४, २०८२ -
बलिदानः नेपाली एक्सन सिनेमामा नयाँ स्वाद
मङ्लबार, अशोज २१, २०८२