

-
काठमाडौं : वीरगञ्जमा थप ७५ जनामा हैजा पुष्टि भएको छ । योसँगै जिल्लामा कुल संक्रमितको संख्या ६९७ पुगेको छ ।
पछिल्लो तथ्याङ्क सार्वजनिक अनुसार संक्रमित बिरामीको सरकारी तथा निजी गरी १७ वटा स्वास्थ्य संस्थामा १९३ जनाको उपचार भइरहेको छ । ती मध्ये ३३ जना आईसीयू र ४ जना एचडीयूमा छन् ।
अहिलेसम्म ५०४ जना भने अस्पतालबाट डिस्चार्ज भएका छन् । अहिले सबैभन्दा बढी नारायणी अस्पतालमा १४ जना आईसीयूसहित कूल ८३ जनाको उपचार भईरहेको छ । त्यसैगरी कुल २९ जनाको तराई अस्पतालमा उपचार भइरहेको छ। ४ आइसीयू र २ एचडीयूमा उपचार भइरहेको छ।
यस्तै नेशनल मेडिकल कलेजमा र प्रभु अस्पतालमा १० – १० जना , सर्वोत्तम अस्पतालमा ८, मंगलम प्याथोलोजी ४ र अन्य अस्पतालमा गरी १९३ जनाको उपचार भइरहेको छ।
पर्साको वीरगञ्ज महानगरपालिका भित्र(भित्रै हैजा फैलिएपछि पर्साको पोखरी उपमहानगरपालिका र बारामा जनामा हैजाको संक्रमण पुष्टि भएको छ। अन्य जिल्लामा पनि झाडापखालाका बिरामी बढ्दै जाँदा हैजाको प्रकोप अझै गम्भीर बन्दै गएको चिकित्सक बताउँछन्।
पानीको स्रोतमा कहाँबाट हैजाको जीवाणु पुग्यो भन्ने पहिचान हालसम्म हुन सकेको छैन । स्रोत पत्ता नलाग्दा रोग नियन्त्रण कठिन बन्दै गएको छ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेल हैजाको स्रोत पत्ता लगाउन कठिनाइ भइरहेको बताउँछन् । हैजाको प्रकोप नियन्त्रणमा ल्याउन विभिन्न प्रयास भइरहे पनि स्रोत पहिचान गर्न नसकिएको उनको भनाइ छ ।
नारायणी अस्पतालमा चाप बढ्दै गएको उल्लेख गर्दै मन्त्री पौडेलले जनशक्ति अभाव समाधान गर्न प्रदेश सरकार, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र संघीय सरकारबाट चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन गरिएको जानकारी दिए ।
वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन सरकारले हैजा नियन्त्रणलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउँछन्। ‘राज्यले हैजा नियन्त्रणको लडाइँमा मात्रै ध्यान केन्द्रित गर्यो भने धेरै मानिसको ज्यान जोगाउन सकिन्छ,’ डा. पुन भन्छन्, ‘बेवास्ता गरियो भने त ठूलो क्षति हुनसक्छ ।’
हैजा अर्थात् कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको संक्रमणका कारण हुन्छ । विज्ञका अनुसार झाडापखाला जस्तो देखिने हैजा केही गम्भीर प्रकृतिको हुन्छ । उक्त जीवाणुको संक्रमण भएको केही घण्टादेखि पाँच दिनभित्र यसका लक्षणहरू देखिन्छन्।हैजाको पहिलो स्रोत फोहोर वा तलाउ हुन् ।
हैजाको जिवाणु संक्रमण भएका अधिकांश मानिसमा साधारण लक्षणमात्र देखिन्छ र केही दिनभित्रै निको हुन्छ । जटिल समस्या देखियो भने तुरुन्तै उपचार दिन नसके मृत्यु हुन्छ।
विज्ञ अनुसार केही मानिसमा हैजाको लक्षण नदेखिए पनि संक्रमण भएको हुनसक्छ र उनीहरूको दिसामार्फत लगातार केही दिनसम्म हैजाको जीवाणु बाहिर निस्कन्छ । ती व्यक्तिले सरसफाइमा ध्यान नदिए अन्य व्यक्तिमा सजिलै सर्छ ।
हैजा लागेमा तारन्तार सेतो पानी र चामलका दाना आकारका म्युकस दिसाको माध्यमबाट जान्छ । अत्यधिक मात्रामा पातलो सेतो चौलानी जस्तो दिसा हुने, शरीरका मांसपेशी बाउँडिने, बान्ता हुने, थकाइ महसुस हुने आदि लक्षण देखिन्छन्।
गम्भीर असर देखिन थालेपछि तत्काल उपचार नभएको खण्डमा बिरामीको मृत्युसमेत हुनसक्ने विज्ञ बताउँछन् । यस्तै आँखा गाडिनु, मुख, जिब्रो, घाँटी र छाला सुख्खा भए कडा जलविजोजनको लक्षण हुन्छ । यस्तै पिसाब पहेँलो हुनु, पिसाब कम मात्रामा हुनु र मुटुको धड्कन अनियन्त्रित हुनु पनि कडा जलवियोजनको संकेत हो ।
हैजाबाट बच्न शौचालयमा मात्रै दिसा(पिसाब गर्ने, शहरको बाहिरी फोहोर व्यवस्थापन उचित ठाउँमा गर्ने, दिसा र पिसाबपछि राम्रोसँग मिचिमिची साबुन पानीले हात धुने, खाना बनाउनुअघि साबुन पानीले हात धुने, पानी सधैं उमालेर खाने, काँचै खाने तरकारी तथा सलाद सफा पानीले धोइपखाली खानुपर्ने विज्ञको सुझाव छ।
News Desk 0 response शुक्रबार, भदौ १३, २०८२

सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३
-
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
सरकारको नयाँ कार्यक्रम ‘सक्कली बिल लिनुहोस्, लखपति..
मङ्लबार, साउन ५, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३



