

-
काठमाडौं : उखु किसानको काठमाडौं केन्द्रित आन्दोलनको आज पाँचौं दिन भएको छ । गएको आइतवारदेखि माइतीघर मण्डलमा आन्दोलन शुरू गरेका उनीहरूले अनुदानको ७० रुपैयाँ पाउनुपर्ने अडान राख्दै आएका छन् ।
उखु धेरै उत्पादन हुने तराईरमधेशका किसान आन्दोलनमा छन् । आन्दोलनमा सहभागी कतिपय किसान बिरामीसमेत पर्न थालेका छन् ।
यसअघि अस्ति मङ्गलवार सरकारले उखु किसानलाई अनुदानको रकम ७५ करोड ४९ लाख रुपैयाँ निकासा गरेको थियो । यो रकम प्रतिक्विन्टल ३५ रुपैयाँ हुन आउँछ । यो रकम किसानको खातामा जाने क्रममा छ । तर यसअघि सरकारले उखुमा प्रतिक्विन्टल ७० रुपैयाँ किसानलाई दिँदै आएको थियो । उखु बिक्रीबापत पाउनुपर्ने अनुदान रकम सरकारले आधाले घटाएसँगै अहिले किसानले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् ।
उखु किसानको आन्दोलनका केन्द्रीय प्रवक्ता एवम् उखु उत्पादक महासङ्घ लुम्बिनी प्रदेशका संयोजक उमेशचन्द्र यादवले सरकारसँग वार्ता भइरहेको तर आफूहरूको माग यथावत् नै रहेको बताएका छन् ।
यसैबीच जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले माइतीघर पुगेर उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । सरकारले उखु किसानलाई दिने भनेको अनुदान तत्काल उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए ।
News Desk 0 response बिहिबार, भदौ १२, २०८२

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


