

-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि ५० प्रतिशत भन्सार कर लगाउने घोषणा गरेसँगै दुई देशबीचको सम्बन्ध चिसिएको छ । अमेरिका भित्रै भारतविरुद्ध ट्रम्पको नीतिप्रति असन्तुष्टि र चिन्ता व्यक्त भइरहेको बीबीसीले जनाएको छ ।
अमेरिकन रिपब्लिकन नेतृ निक्की हेलीले अमेरिकाले चीनलाई सन्तुलनमा राख्न भारत जस्तो मित्र राष्ट्रसँग सम्बन्ध बिगार्न नहुने तर्क गरेकी छिन् । व्यापार र तेलसम्बन्धी विवाद गम्भीर भए पनि साझा लक्ष्य चीनविरुद्धको रणनीति भएको उनको टिप्पणी छ ।
पूर्व अमेरिकी विदेशमन्त्री जोन केरीले ट्रम्पले आफ्ना नयाँ कर नीतिबाट मित्र राष्ट्रलाई टाढा पार्ने काम गरिरहेको आरोप लगाएका छन् । भारतसँगको तनाव दुर्भाग्यपूर्ण भन्दै उनले यसले गएको २५ वर्षको मेहनतलाई खतरामा पार्ने बताए ।
अमेरिकी मिडियाले पनि ट्रम्पको नीतिलाई कडा आलोचना गरेको छ । विश्लेषकहरूले अब भारतले आफ्नो कूटनीति सम्बन्ध परिवर्तन गर्नुपर्ने भन्दै चीन र रूससँगको सम्बन्ध फेरि सन्तुलनमा ल्याउनुपर्ने आवश्यकता देखिएको बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि पहिलो पटक अगस्ट ७ मा २५ प्रतिशत र दोस्रो पटक अगस्टमा २७ मा २५ प्रतिशत गरी कुल ५० प्रतिशत भन्सार कर घोषणा गरेका छन्। भारतले रूसबाट तेलको आयात गरिरहेको भन्दै अमेरिकाले भन्सार कर बढाएको हो ।
News Desk 0 response सोमवार, भदौ ९, २०८२

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


