

-
काठमाडौं : पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन जिल्ला अदालत कास्कीबाट धरौटीमा छुटेका छन्।
आइतबार कास्की जिल्ला अदालतमा हाजिर भएका बमजनलाई जिल्ला अदालतका न्यायाधीश शंकरकुमार राइको इजलासले १० लाख रुपैया धरौटीमा रिहा गर्न आदेश दिएको हो। आइतबार नै उनको बयान र थुनछेक बहस भएको थियो। बहस पश्चात १० लाख धरौटी रिहा गर्न आदेश आएको अदालतका स्रेस्तेदार राजन खनालले बताए।
बमजन सूर्यदर्शन सहकारी ठगीको मुख्य योजना एवं ग्यालेक्सी टेलिभिजन चलाउने कम्पनी गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राइका जेठान हुन्।
बमजनले नै राईलाई उक्त सहकारीमा लगेर अध्यक्ष बनाएका थिए। बमजनको कम्पनी एवं सहकारीमा काम गर्न थालेपछि जिबी राईका उनका बहिनी भगवती बमजनसँग दोस्रो विवाह गरेका थिए। भगवती पनि अहिले जिबी राईसँगै सहकारी ठगी अभियोगमा फरार छिन्।
अदातलमा उपस्थित भएर बमजनले सहकारी ठगीमा आफू संलग्न नभएको इन्कारी बयान दिएका थिए।
जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा पेस गरेको अभियोगपत्रमा बमजन सहकारीको अध्यक्ष हुँदा १ करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ अपचलन गरेको अभियोग लागेको छ। सहकारीबाट अपचन भएको कुल रकम १ अर्ब ५१ करोड रुपैयाको संयुक्त अभियोग पनि बमजनमाथि लागेको छ।
सहकारी पीडितले भने फरार प्रतिवादी बमजन अदालतमा उपस्थित भएर बयान दिँदा जाहेरवालालाई खबर नगरको भन्दै असन्तुष्टि जनाएका थिए। सूर्यदर्शन सहकारी बचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बमजन अदालतमा उपस्थित भएको थाहा पाएपछि कानुन व्यवसायी लिएर जानुपरेको बताए। अदालतमा आफ्ना कुरा राख्दा इजलासमै प्रहरीले चुप लाग भनेको पनि उनले बताए।
‘हामीलाई सरकारी वकिल र अदालत कतैबाट पनि थाहा भएन, बाहिर बाहिर थाहा पाएर पुग्दा बयान चलिराखेको थियो,’ उनले भने, ‘मैले इजलासमा केही कुरा राख्छु भन्दा प्रहरीले चुप लाग भनेर हस्तक्षेप गर्यो। न्यायाधीशले नबोल्नु भन्नुभएको थिएन।’
अदालतमा सहकारी पीडतका तर्फबाट अधिवक्ताहरु युवराज पराजुली, बिबि विष्ट र दीपक शर्मा पौडेलले बहस गरेका थिए भने बामजनका तर्फबाट कानुन व्यवसायी द्रोण दाहाल र निर्मलराज पौडेलले बहस गरेका थिए।
News Desk 0 response आइतवार, भदौ ८, २०८२

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


