

-
काठमाडौं : पर्साको वीरगञ्जमा समुदायस्तरमै हैजाको संक्रमण फैलिएको छ । वीरगञ्ज महानगरपालिको वडा नम्बर ११, १३ र १६ सम्म हैजाको संक्रमण फैलिएको पुष्टि भएको महानगरको स्वास्थ्य शाखाले जनाएको छ ।
वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४२ जनामा हैजा पुष्टि भएको छ भने एक सय जनाभन्दा धेरै बिरामी उपचाररत छन् । वीरगञ्जको मुर्ली टोलका बासिन्दामा साउन अन्तिम हप्ता झाडापखालासहितको समस्या देखिएको थियो र सङ्ख्या बढ्दै गएपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।
झाडापखालाका कारण तीन जनाको ज्यान गएको भनिए पनि यसबारे थप खुल्न सकेको छैन । ‘भिब्रियो कोलेरा’ नामक जीवाणु दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गरेपछि हैजा लाग्ने गर्छ । हैजा लाग्दा निरन्तर झाडापखाला लाग्ने, वान्ता हुने, पेट दुख्ने, आँखा गाडिने, शरीरमा पानीको कमी भई मांसपेसी दुख्ने र ज्वरो आउने जस्ता समस्या देखिने गर्छ ।
अहिले वीरगञ्ज महानगरपालिका १ देखि १६ नम्बर वडासम्मलाई जोखिमयुक्त क्षेत्र मानिएको छ । ती क्षेत्रमा घर–घरमै टोली पुगेर सचेतना फैलाउने, सरसफाइमा जोड दिने र उपचारमा ल्याउने काम भइरहेको महानगरले जनाएको छ । उमालिएको वा निर्मलीकरण गरिएको पानी मात्र पिउन, तरकारी तथा हरियो सागपात राम्ररी पखालेर मात्र पकाएर खान, बासी खाना नखान, साबुनपानीले पटक–पटक हात धुन, शौचालयको प्रयोग गर्न आग्रह गरिएको छ ।
नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा। उदयनारायण सिंहले पिउनेपानी उमालेर वा निर्मलीकरण गरेर पिउन, सरसफाइमा ध्यान दिन अनुरोध गर्नुभएको छ । साथै मुर्ली टोलमा प्रयोग भइरहेको पिउने पानीको नमूना थप परीक्षणका लागि काठमाण्डौको टेकु प्रयोगशालामा पठाइएको छ । हैजा पुष्टि भएपछि महानगरभित्र उच्च सतर्कता अपनाउन थालिएको छ ।
महानगरपालिका कार्यालयले हिजो सबै वडाका स्वास्थ्यकर्मीसँग छलफल गरेर दुई दिन आज र भोलि महानगर क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले सूचना निकालेर दुई दिन विद्यालय बन्द गर्ने निर्देशन समेत दिएको छ । साथै पानीपुरी, चटपटे, चाटसहित स्ट्रिट फुड बिक्रीमा तत्कालका लागि प्रतिबन्ध लगाउने निर्णय भएको छ ।
यसैबीच खानेपानी मन्त्री प्रदीप यादवले वीरगञ्जका विभिन्न अस्पतालमा पुगेर हैजाका बिरामीको अवस्थाबारे जानकारी लिएका छन् । हैजाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकार संवेदनशील रहेको उनले बताए ।
मन्त्री यादवले हैजा प्रभावित क्षेत्रमा खानेपानी तथा ढल व्यवस्थापन विभागबाट पानी शुद्धिकरणका लागि ‘पियुष’लगायतका आवश्यक सामग्रीसहितको मोबाइल टोली परिचालन गरिएको र टोलीले पानीको परीक्षण कार्य अघि बढाएको समेत जानकारी दिए ।
News Desk 0 response आइतवार, भदौ ८, २०८२

सम्बन्धित शीर्षकहरु
-
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३ -
फ्रान्समा पिएसजीको विजयोत्सव हिंसात्मक झडपमा परिणत
आइतवार, जेष्ठ १७, २०८३ -
धवलशमशेरले छाडे राप्रपा, नयाँ अभियानमा सहभागी हुन..
आइतवार, जेष्ठ १७, २०८३ -
सांसदको प्रश्नमा प्रधानमन्त्री बालेनको उत्तर (पूर्णपाठ)
आइतवार, जेष्ठ १७, २०८३ -
आयकरको सीमा बढाउँदा सरकारी कर्मचारीहरुलाई हाइसन्चो
शनिबार, जेष्ठ १६, २०८३
-
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३ -
धवलशमशेरले छाडे राप्रपा, नयाँ अभियानमा सहभागी हुन..
आइतवार, जेष्ठ १७, २०८३ -
सांसदको प्रश्नमा प्रधानमन्त्री बालेनको उत्तर (पूर्णपाठ)
आइतवार, जेष्ठ १७, २०८३ -
आयकरको सीमा बढाउँदा सरकारी कर्मचारीहरुलाई हाइसन्चो
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३
-
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
दलको झोला बोकेर सरकारी सेवा ?
शुक्रबार, जेष्ठ ८, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
जेठ १४ गते बकर ईद, सार्वजनिक बिदा..
शुक्रबार, जेष्ठ ८, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३



