

-
काठमाडौं : अस्ट्रेलियामा चलिरहेको टप इन्ड टी–२० शृङ्खलामा नेपाल पाकिस्तान शाहीन्ससँग १ रनले पराजित भएको छ ।
पाकिस्तान शाहीन्सले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४३ रनमात्र बनाउन सक्यो । नेपालका कप्तान रोहित पौडेलले ५२, दीपेन्द्रसिंह ऐरीले ४१ रन बनाए । पाकिस्तान शाहीन्सका मोहम्मद वसिम र फैसल अकरमले २र२ विकेट लिए ।
डार्विनमा टस जितेर ब्याटिङ गरेको पाकिस्तान शाहीन्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४४ रन बनायो । पाकिस्तान शाहीन्सका इरफान खानले नटआउट ४२ रन बनाए । नेपालका सोमपाल कामीले ३, दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २र२ तथा कुशल भुर्तेलले १ विकेट लिए ।
यो सँगै नेपालले टप इन्ड टी–२० शृङ्खलामा ४ खेलमा हार र २ खेलमा जीत निकालेको छ । शृङ्खलामा शुरूका लगातार ३ खेलमा हारेको नेपालले चौथो र पाँचौं खेल जितेको थियो । नेपाल पहिलो खेलमा आयोजक टोली नर्दन टेरिटोरी स्ट्राइससँग, दोस्रो खेलमा बङ्गलादेश ‘ए’ सँग र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग पराजित भएको थियो । यस्तै नेपालले चौथो खेलमा होबर्ट हरिकेन्स र पाँचौं खेलमा मेलबर्न रेनेगेड्सलाई हराएको थियो ।
अब नेपालले अस्ट्रेलियामै अभ्यास खेल पनि खेल्नेछ । आईसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपालले टप एन्ड टी–२० शृङ्खला र अभ्यास खेल खेल्न लागेको हो ।
News Desk 0 response शुक्रबार, भदौ ६, २०८२

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


