

-
तेल अभिभ : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा रहेका सबै बाँकी बन्धकको मुक्तिका लागि वार्ता सुरु गर्न निर्देशन दिएका छन् ।
उनले बिहीबार राति इजरायली सेनासँगको भेटमा आफ्नो मन्त्रिपरिषद्ले गाजा सिटी नियन्त्रणमा लिन र हमासलाई परास्त गर्ने योजनालाई समेत स्वीकृति दिएको जानकारी दिएका हुन् ।
कतार र इजिप्टको मध्यस्थतामा तयार गरिएको प्रस्तावअनुसार हामासले सोमबार ६० दिनको युद्धविराम मान्ने र बाँकी बन्धकमध्ये आधालाई छोड्ने सहमति जनाएको थियो । तर नेतन्याहूले हालको प्रस्ताव अस्वीकार गरेका छन् ।
इजरायली सञ्चारमाध्यमले एक अधिकारीलाई उद्धृत गर्दै वार्ताको स्थान टुङ्गिएपछि वार्ता टोली पठाइने जनाएका छन् । नेतन्याहूले गाजा डिभिजन मुख्यालयमा सैनिकहरूसँगको भेटमा ‘मैले सबै बन्धकको मुक्तिका लागि वार्ता सुरु गर्न निर्देशन दिएको छु’ भन्दै, ’गाजा सिटी नियन्त्रणमा लिन र हमासलाई परास्त गर्न आईडीएफ ९इजरायल डिफेन्स फोर्सेस० को योजनालाई स्वीकृति दिन आएको हुँ’ बताए ।
उनले ‘हमासलाई परास्त गर्ने र सबै बन्धकलाई मुक्त गर्ने – यी दुवै कुरा हातेमालो गर्दै अघि बढ्ने छन्’ भन्दै आगामी वार्ताको चरणबारे प्रस्ट विवरण भने दिएनन्।
यसअघि नेतन्याहूको कार्यालयले विज्ञप्ति जारी गर्दै इजरायल केवल सबै बन्धकलाई एउटै पटकमा मुक्त गरिए मात्र सहमत हुने र युद्ध अन्त्यका लागि हमासलाई निःशस्त्र बनाउनु, गाजालाई असैनिकीकरण गर्नु, गाजाको सीमा नियन्त्रण इजरायलको हातमा रहनु तथा गैर–हमास र गैर–प्यालेस्टिनी अथोरिटी शासन स्थापना हुनु पर्ने सर्तहरू रहने स्पष्ट पारेको थियो ।
२२ महिनादेखि जारी युद्धपछि इजरायलले ५० बन्धकमध्ये केवल २० जना मात्र जीवित रहेको विश्वास गरेको छ ।
News Desk 0 response शुक्रबार, भदौ ६, २०८२

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


