

-
युरोपेली आयोग अन्तर्गतको संयुक्त अनुसन्धान केन्द्रका अनुसार सन् २०२५ को अहिलेसम्म युरोपेली सङ्घका विभिन्न देशहरूमा झन्डै ८ लाख ९५ हजार हेक्टर जमिनको जङ्गललगायत संरचना डढेलोबाट नष्ट भएको छ ।
यो सङ्ख्या अघिल्लो वर्षको त्यही अवधिमा भएको क्षतिभन्दा चार गुणा बढी हो । यस वर्ष अगस्टको मध्यसम्म डढेलोले क्षति पुर्याएको क्षेत्रफल पछिल्ला १९ वर्षको औसत २ लाख ४४ हजार हेक्टरभन्दा धेरै पुगेको छ ।
यस वर्ष डढेलोका कारण अनुमानित कार्बन डाइअक्साइड उत्सर्जन ३ करोड १९ लाख टन पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा झन्डै तीन गुणा बढी हो ।
यो हप्ता आयरल्यान्ड, बेलायत, बेल्जियम, नेदरल्यान्ड्स, जर्मनीको उत्तरी भूभाग, पोल्यान्ड, डेनमार्क, स्विडेन र फिनल्यान्डका केही क्षेत्रमा डढेलोको जोखिम अति उच्च हुने चेतावनी दिइएको छ ।
संयुक्त अनुसन्धान केन्द्रका अनुसार युरोपेली सङ्घभित्र हरेक वर्ष औसतमा ६० हजारभन्दा बढी डढेलो हुने गर्छन् जसबाट झन्डै ५ लाख हेक्टर भू–भागको जङ्गल तथा संरचना नष्ट हुने गर्छ । यसले मानवीय क्षति गर्नुका साथै वार्षिक रूपमा झन्डै २ अर्ब युरो बराबरको आर्थिक क्षति हुने गरेको छ ।
News Desk 0 response बिहिबार, भदौ ५, २०८२

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


