

-
प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा विद्रोही समूहले कम्तीमा १ सय ४० जना सर्वसाधारणको हत्या गरेको अधिकार समूहले जनाएको छ ।
विद्रोही समूह ‘एम– ट्वान्टी थ्री’ ले गएको महिना सर्वसाधारणको हत्या गरेको ‘ह्युमन राइट्स वाच’ (एचआरडब्ल्यू) को प्रतिवेदनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यस क्षेत्रको द्वन्द्व अन्त्य गर्न अमेरिका र कतारको मध्यस्थतामा भएको शान्ति प्रक्रियाको बाबजुद यो हत्या भएको हो ।
रुवाण्डा–समर्थित विद्रोहीले विरुङ्गा राष्ट्रिय निकुञ्ज नजिकैको रुत्शुरु क्षेत्रमा रहेको हुतु समूहका महिला र बालबालिकासहित स्थानीयवासीको हत्या गरेको प्रत्यक्षदर्शीहरूले बताएका खबरमा उल्लेख छ ।
गएको जनवरीमा विद्रोही समूहले क्षेत्रीय राजधानी गोमासहित खनिज सम्पन्न पूर्वका ठूला भागहरू कब्जा गरेपछि सरकारी सेनासँग लडाइँ बढेको छ ।
आज सार्वजनिक भएको प्रतिवेदनमा ‘ह्युमन राइट्स वाच’ ले गएको जुलाई १० देखि ३० को बीचमा विद्रोही समूह ‘एम– ट्वान्टी थ्री’ ले विरुङ्गा राष्ट्रिय निकुञ्ज नजिकैका कम्तीमा १४ गाउँ र कृषि क्षेत्रहरूमा मानिसहरूमाथि आक्रमण गर्न छुरा र बन्दुकको प्रयोग गरेको बताएको छ । विद्रोही समूहले मानिसहरूलाई बाहिर निस्कनबाट रोक्नका लागि क्षेत्रलाई घेरेर सबै सडकहरू बन्द गरेका थिए ।
गएको महिना कतारमा छुट्टाछुट्टै रूपमा विद्रोही समूह र कङ्गो सरकारले स्थायी शान्तितर्फको कदमका रूपमा युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका थिए । तर गएको हप्ता वार्ता पुनः शुरू हुने तयारीमा रहेका बेला सरकारले सम्झौताको घोषणाहरू पूरा गर्न असफल भएको भन्दै विद्रोही समूह बाहिरिएको थियो ।
कङ्गोली सेनाले पनि विद्रोही समूह ‘एम– ट्वान्टी थ्री’ लाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएको छ ।
यसैबीच ‘ह्युमन राइट्स वाच’ ले संयुक्त राष्ट्र सुरक्षा परिषद्, युरोपेली सङ्घ र सरकारहरूलाई कङ्गोमा देखिएका गम्भीर दुव्र्यवहारको निन्दा गर्न, जिम्मेवार व्यक्तिहरूमाथि थप प्रतिबन्ध लगाउन र द्वन्द्वमा संलग्न कमान्डरहरूलाई पक्राउ गर्न र उचित अभियोजनका लागि दबाव दिन आग्रह गरेको छ ।
News Desk 0 response बुधबार, भदौ ४, २०८२

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


