

-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युद्ध अन्त्य गर्न इच्छुक नहुन सक्ने चेतावनी दिनुभएको छ । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच हुने भनिएको सम्भावित शिखर बैठकको चर्चा अघि ट्रम्पको प्रतिक्रिया आएको हो ।
गएको हप्ता अलास्कामा पुटिनसँग भेट गरेका ट्रम्पले अस्ति सोमवार सात जना युरोपेली नेतासहित जेलेन्स्कीलाई ह्वाइट हाउसमा स्वागत गरेका थिए । उनले युक्रेन–रूस युद्धलाई कठिन समस्या भन्दै पुटिन वार्ता गर्न इच्छुक नहुन सक्ने सम्भावना रहेको बताएको बीबीसीले जनाएको छ ।
यसअघि पुटिनले ट्रम्पलाई प्रत्यक्ष वार्ताका लागि आफू खुला रहेको समेत बताएका थिए । हिजो मात्रै पुटिनले ट्रम्पलाई जेलेन्स्कीले मस्को यात्रा गरेर वार्ता गर्न सक्ने सुझाव दिएका थिए । युक्रेनले यस्तो प्रस्ताव स्वीकार्ने सम्भावना अत्यन्तै न्यून रहेको विश्लेषकले बताएका छन् । ट्रम्पले सुरुमा युद्धविराम सम्भव हुने विश्वास व्यक्त गरे पनि अहिले उनले प्रत्यक्ष शान्ति सम्झौतामै जोड दिएका छन् ।
यसैबीच रुस–युक्रेन युद्ध कूटनीतिक प्रयासकाबीच रुसले मध्य युक्रेनको पोल्टावा क्षेत्रमा पर्ने औद्योगिक शहर क्रेमेन्चुकमाथि आक्रमण गरेको युक्रेनी अधिकारीहरुले आरोप लगाएका छन् । क्रेमेन्चुकका मेयर विताली मालेत्स्कीले आक्रमणको निशाना ‘तेल र यातायात पूर्वाधार’ भएको बताएका छन् । उत्तरी युक्रेनको चेर्निहीभ शहरमा पछिल्लो २४ घण्टामा भएको रुसी ड्रोन आक्रमणपछि झन्डै ३० हजार घरमा बिजुली आपूर्ति बन्द भएको छ ।
News Desk 0 response बुधबार, भदौ ४, २०८२

सम्बन्धित शीर्षकहरु
-
सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत..
आइतवार, बैशाख २७, २०८३ -
मध्यपूर्व युद्धबाट युरोपेली तेल तथा ग्यास कम्पनीले..
आइतवार, बैशाख २७, २०८३ -
भोलि र पर्सि हावाहुरीसहित बिहीवारसम्म वर्षाको सम्भावना
आइतवार, बैशाख २७, २०८३ -
सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने
आइतवार, बैशाख २७, २०८३ -
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३
-
सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत..
आइतवार, बैशाख २७, २०८३ -
मध्यपूर्व युद्धबाट युरोपेली तेल तथा ग्यास कम्पनीले..
आइतवार, बैशाख २७, २०८३ -
भोलि र पर्सि हावाहुरीसहित बिहीवारसम्म वर्षाको सम्भावना
आइतवार, बैशाख २७, २०८३ -
सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने
आइतवार, बैशाख २७, २०८३ -
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३ -
संवैधानिक परिषद्को बैठक आज बस्दै : अवको..
बिहिबार, बैशाख २४, २०८३



