

-
वासिङ्टन डिसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ओभल कार्यालयमा रुस र युक्रेनबिच युद्धविरामको बारेमा वार्ता सम्पन्न भएको छ। बैठकपछि राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की र अन्य युरोपेली नेताहरूसँग भएको वार्ताको बारेमा जानकारी दिएका छन्।
उनले लेखे, ‘ह्वाइट हाउसमा विशिष्ट पाहुनाहरूसँग मेरो धेरै राम्रो भेटघाट भयो। यस बैठकमा युक्रेनको लागि सुरक्षा ग्यारेन्टीबारे छलफल गरियो, यो ग्यारेन्टी अमेरिकाको नेतृत्वमा युरोपेली देशहरू मार्फत दिइनेछ।’
ट्रुथ सोसलमा भएको बैठकको बारेमा जानकारी दिँदै उनले लेखे, ‘रुस र युक्रेनको शान्तिको सम्भावनाप्रति सबै जना धेरै खुसी छन्। मैले राष्ट्रपति पुटिनलाई फोन गरेको छु र उहाँ र राष्ट्रपति जेलेन्स्की बिचको अर्को बैठकको व्यवस्था गर्न थालेको छु।’
ट्रम्पले भने, ‘यो बैठक पछि, हामी त्रिपक्षीय बैठक गर्नेछौँ जसमा रुस र युक्रेनका राष्ट्रपतिहरू र म संलग्न हुनेछु। यो लगभग चार वर्षदेखि चलिरहेको यो युद्ध अन्त्य गर्नको लागि एक राम्रो र प्रारम्भिक कदम थियो।’
ट्रम्पका अनुसार उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री मार्को रुबियो र विशेष दूत स्टिभ विटकफले रुस र युक्रेनसँग समन्वय गरिरहेका छन्।
बैठकमा युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन, फिनल्याण्डका राष्ट्रपति अलेक्ज्याण्डर स्टब, इटालीकी प्रधानमन्त्री जर्जियो मेलोनी, बेलायतका प्रधानमन्त्री कर स्टारमर, जर्मन चान्सलर फ्रेडरिक मर्ज, युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन र नेटो महासचिव मार्क रुट उपस्थित थिए।
News Desk 0 response मङ्लबार, भदौ ३, २०८२

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


