

-
काठमाडौं : प्रतिपक्षी दलहरूले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेको कदमको विरोध गर्ने निर्णय गरेका छन् ।
आज सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरूको बैठकले उपसभामुखलाई हटाउने कांग्रेस र एमालेको कदमको विरोध गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले उपसभामुख रानामाथि पद अनुसारको आचरण नभएको भन्दै हटाउने प्रयास भइरहेकाले त्यसको विरोध गर्ने निर्णय भएको बताए ।
जनजाति महिला र अन्तर्राष्ट्रियस्तरको पुरस्कार प्राप्त व्यक्तिलाई हटाएर संवैधानिक परिषद्मा प्रतिपक्षको बहुमत भएकाले सत्तापक्षको बहुमत पुर्याउन चलखेल भइरहेको उनको भनाइ छ ।
वरिष्ठ उपाध्यक्ष पाण्डेले भने, ‘उपसभामुख इन्दिरा रानालाई हटाउन कांग्रेस र एमालेको तर्फबाट हस्ताक्षर अभियान शुरू भइसकेको कुरा सुन्यौँ । कांग्रेस र एमालेको यो कदमलाई कुनै हालतमा सम्भव हुन नदिने बैठकले निर्णय गरेको छ ।’
यस्तै पाण्डेले आफ्नो पार्टीलाई उपसभामुखका लागि कुनै प्रस्ताव नआएको पनि स्पष्ट पारे ।
News Desk 0 response मङ्लबार, भदौ ३, २०८२

सम्बन्धित शीर्षकहरु
-
तेल उत्पादन कोटा बढाउने ओपेक प्लस बैठकको..
सोमवार, बैशाख २१, २०८३ -
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने
सोमवार, बैशाख २१, २०८३ -
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति
सोमवार, बैशाख २१, २०८३ -
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३
-
तेल उत्पादन कोटा बढाउने ओपेक प्लस बैठकको..
सोमवार, बैशाख २१, २०८३ -
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने
सोमवार, बैशाख २१, २०८३ -
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति
सोमवार, बैशाख २१, २०८३ -
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३



