

-
काठमाडौँ ।
गृहमन्त्री रमेश लेखक र गृहसचिव गोकर्णमणि दुवाडीको ‘ट्युनिङ्ग’ मिल्दा गृहमन्त्रालय गत आर्थिक वर्षका लागि निर्धारण गरेका वार्षिक क्रियाकलाप र माइलस्टोनहरुको कार्य प्रगतिमा पहिलो भएको छ ।
गृहमन्त्रालय सम्हालिरहेका रमेश लेखकले गत भदौमा गोकर्णमणि दुवाडीलाई गृहसचिव रोजेका थिए । शालिन अनि कामप्रति समर्पित हुने बानीका कारण दुवाडीलाई सचिवमा रोजेको मन्त्री निकट स्रोतले जानकारी दियो । आफ्नो स्वार्थ भन्दा पनि नीतिगत रुपमा सहयोग गर्ने बानीका कारण सचिव दुवाडी र मन्त्री लेखकको ट्युनिङ्ग खुवै मिलेको छ । त्यसकारण पनि काम गर्न सजिलो भएको गृहमन्त्रालयमा लामो समय काम गरेका एक अधिकारीले बताए ।बितेको पाँच वर्षयताकै माइलस्टोन कार्यप्रगतिमा मन्त्रालय उत्कृष्ट देखिएको हो । प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयले सार्वजनिक गरेको ‘नीति तथा प्रमुख कार्यहरुको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक वर्ष २०८१- ०८२ अनुसार गत आवका लागि निर्धारण गरिएकामध्ये ८८ प्रतिशत माइलस्टोन सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले शासकीय सुधारतर्फ १०६ माइलस्टोनमध्ये ९३ वटा सम्पन्न हुनुका साथै १३ वटा चालू आर्थिक वर्षमा जारी रहेको बताएको छ ।सरकारले माइलस्टोनको निकायगत प्रगतिमा शासकीय स्वरुप, पूर्वाधार क्षेत्र, आर्थिक र सामाजिक क्षेत्र गरी चार भागमा विभाजन गरेको थियो । नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको माइलस्टोनसहितको कार्ययोजना तय गरेको छ ।
गृहमन्त्री रमेश लेखकले मन्त्रालय सम्हालेपछि भने पहिलो वर्ष मन्त्रालयको नीतिगत र कानूनी सुधार, व्यवस्था विरोधी गतिविधि निस्तेज, अपराध अनुसन्धान तथा फैसला कार्यान्वयन, प्रहरीमा सेवा प्रवाहका लागि डेस्क र महाशाखा गठन तथा लागूऔषध विरुद्ध महाअभियान सञ्चालन, विपद् व्यवस्थापन, भूकम्पपछिको पुनर्निर्माण, राजश्व चुहावट र सीमापार अपराध नियन्त्रण, सेवा प्रवाह र परिचयपत्र व्यवस्थापन, अध्यागमनको सुधारको पहल र निःशुल्क हेलि उद्धारलाई प्राथमिकतासाथ काम गरेका थिए ।
News Desk 0 response आइतवार, भदौ १, २०८२

सम्बन्धित शीर्षकहरु
-
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३ -
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३
-
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३ -
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


