

-
काठमाडौं : कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप दुई जना नेपालीको मृत्यु भएको छ । कुवेतमा रहेको नेपाली दूतावासका अनुसार विषाक्त रक्सी खाएर बिरामी भई विभिन्न अस्पतालमा भर्ना भएका ४० जना नेपाली श्रमिकमध्ये अहिलेसम्म ११ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
अस्पतालमा भर्ना भएकामध्ये १५ जनाको आईसीयूमा उपचार भइरहेको छ भने बाँकीको अवस्था सामान्य रहेको दूतावासका श्रमसहचारी गिरिप्रसाद आचार्यले जानकारी दिए । कुवेतको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म नेपालीसहित २३ जना विदेशी श्रमिकको मृत्यु भएको जनाएको छ ।
मिथानोलयुक्त रक्सी खाएका कारण एक सय ६० जना श्रमिक बिरामी परेका छन् । प्रारम्भिक अनुसन्धानकाक्रममा रक्सीमा मेथानोल नामको रसायन पाइएको छ । दूतावासले ज्यान गुमाएका नेपाली श्रमिकको शव नेपाल पठाउने विषयमा नेपाल सरकार परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर विभाग र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार बोर्डको समन्वय थालिसकेको जनाएको छ ।
शव पठाउन केही दिन लाग्नेछ । कुवेतमा रोजगारीका लागि पुगेका झन्डै एक लाख ६० हजार नेपाली छन् । कुवेतमा रहेको नेपाली दूतावासले त्यहाँ कार्यरत नेपालीलाई स्वास्थ्यका लागि घातक र जोखिमपूर्ण खाद्य तथा पेय पदार्थ नखान आग्रह गरेको छ ।
News Desk 0 response आइतवार, भदौ १, २०८२

सम्बन्धित शीर्षकहरु
-
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३ -
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३
-
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३ -
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


