

-
काठमाडौँ । मानवअधिकारवादी कृष्ण पहाडीले जनताको ठूलो त्याग र उत्साहबाट स्थापित लोकतान्त्रिक गणतन्त्रमाथि नेताहरुको भ्रष्ट आचरण, तिनलाई राज्य संयन्त्रबाट हुने उन्मुक्ति र दण्डहीनताका कारण खतरा बढेको बताउनुभएको छ ।
मानवअधिकार तथा शान्ति समाजको संस्थापक सभापतिसमेत रहनुभएका पहाडीले आज विज्ञप्ति जारी गरी बहुचर्चित बालुवाटार जग्गा अनियमितता प्रकरणमा गहिरो अनुसन्धान एवं अध्ययनले उक्त प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईको समेत सङ्लग्नता छर्लङ भएको उल्लेख गर्नुभएको छ । “नेपालको लोकतान्त्रिक आन्दोलनमा माधव नेपालको र गणतन्त्र स्थापनामा डा बाबुराम भट्टराईको विशेष योगदान रहेको विदितै छ, त्यही योगदानको आधारमा उहाँहरुले उन्मुक्ति पाउन सक्नुहुन्न किनकि उत्कृष्ट लोकतान्त्रिक पद्धतिमा दण्डहीनता र उन्मुक्तिलाई कुनै स्थान हुँदैन”,विज्ञप्तिमा भनिएको छ ।
प्रधानमन्त्रीको रुपमा कार्य सम्पादन गर्दा नेपाल र भट्टराईले राष्ट्रलाई नोक्सान हुने गरी पटक पटक मन्त्रिपरिषद्बाट निर्णय गराएको सन्दर्भमा अब राज्यले उक्त प्रकरणमा दुवै पूर्वप्रधानमन्त्रीलाई पनि कारवाहीको प्रक्रिया अघि बढाइ त्यसको न्यायिक निरुपण गर्नुपर्ने नागरिक आन्दोलनका अगुवा पहाडीको माग छ ।
उक्त प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री विजय गच्छदारसहित १७५ जनालाई मुद्दा चलाएको सन्दर्भमा न्याय निरुपणमा सबैले सहयोग गरी ‘स्वतन्त्र न्यायालय’ बाट हुने निर्णयलाई सबैले स्वीकार गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । गच्छदारमाथि मुद्दा चलाएको घटनालाई लिएर नेपाली काँग्रेस जस्तो लोकतान्त्रिक एवं विधिको शासनको वकालत गर्ने दलले संसद् अवरुद्ध गर्नु, भातृ सङ्गठनहरुलाई सडकमा उतार्नु अशोभनीय एवं दुर्भाग्यपूर्ण भएको विज्ञप्तिमा उल्लेख छ ।
काँग्रेस उपसभापति रहेका गच्छदारमाथि मुद्दा चलाइएको घटनालाई काँग्रेस माथिकै आक्रमण भनी भएको दुष्प्रचारले आफू दुखित भएको पहाडीले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । रासस
News Desk 0 response शनिबार, माघ २५, २०७६

सम्बन्धित शीर्षकहरु
-
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३ -
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३
-
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३ -
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


