

-
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अन्तर्राष्ट्रिय बौद्ध भवन केन्द्रको धम्महल भवन निर्माण गर्न रु तीन करोड बढी रकम अनुदानस्वरुप प्रदान गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले केन्द्रका अध्यक्ष प्रतीकरत्न ताम्राकारलाई रु तीन करोड एक लाख ६९ हजार २०० अनुदान रकम उपलब्ध गराउनुभएको हो ।
प्रमुख शाक्यले कामपाले भौतिक पूर्वाधार विकास, शहरी सेवा व्यवस्थापन र सम्पदा पुनःनिर्माणसँगै आफ्नो क्षेत्रभित्रका सम्भावनाको खोजी र प्रवद्र्धनमा काम गरिरहेको बताउनुभयो । महानगरले उपलब्ध गराएको सहयोग रकमबाट केन्द्रको विकासका लागि ठूलो सहयोग पुगेको बताउँदै केन्द्रका अध्यक्ष ताम्राकारले केन्द्रको घरजग्गा कर मिनाहा गरिदिन आग्रह गर्नुभयो । “हामी सामाजिक सेवा र बौद्ध दर्शनको प्रवद्र्धनका लागि काम गरिरहेका छौँ, यसैको बिस्तारका लागि महानगरले आर्थिक अनुदान दियो । अब घरजग्गा करमा माफी गरिदियो भने ठूलो राहत हुने थियो”, अध्यक्षको आग्रह थियो ।
केन्द्रका उपाध्यक्ष मोतीकाजी शाक्यले केन्द्रको परिचय र प्रगति प्रस्तुत गर्दैै शान्तिका दूत गौतम बुद्धको आदर्श विश्वभर फैलाउन केन्द्रले रातदिन काम गरिहेको उल्लेख गर्नुभयो । विसं २०४२ मा स्थापना भएको केन्द्र करिब सात रोपनी छ आना तीन पैसा क्षेत्रफलमा फैलिएको छ । केन्द्रले बौद्ध परियन्ती शिक्षा अध्यापन गराउँदै आएको छ । रासस
News Desk 0 response बिहिबार, माघ २३, २०७६

सम्बन्धित शीर्षकहरु
-
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३ -
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३
-
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३ -
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


