

-
काठमाडौँ । नेपालमा वैकल्पिक तथा नवीकरणीय ऊर्जाका स्रोत र प्रविधिहरुलाई प्रवद्र्धन गरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरुको जीवनस्तरमा सुधार ल्याउने र परम्परागत ऊर्जामाथिको निर्भरतालाई कम गर्ने उद्देश्यले स्थापित वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले देशका आधाभन्दा बढी घरधुरीमा पहुँच विस्तार गरेको छ ।
नेपाल सरकार र विभिन्न दातृ निकायहरुसँगको प्रभावकारी समन्वय र सहयोगमा सञ्चालित कार्यक्रमहरुबाट गत पौषमसान्तसम्म ३४ लाख तीन हजार ४४५ घरधुरीमा लघु तथा साना जलविद्युत्, सौर्य उर्जा, वायु उर्जा, बायोग्यास र सुधारिएको चुलो प्रविधि पुगेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले आफूले केन्द्रको नेतृत्व संहालेको एक वर्षको अवधिमा नेपाल मिनीग्रिड कार्यक्रम कार्यान्वयन गर्नको लागि नेपाल सरकार र विश्व वैंकबीच ५६ लाख १० हजार अमेरिकी डलरबराबरको अनुदान सम्झौता र २० लाख अमेरिकी डलर बराबरको ऋण सम्झौता सम्पन्न भई कार्यक्रम कार्यान्वयन भइरहेको जानकारी दिनुभयो ।
यस अवधिमा जर्मन सहयोग बैंक (केएफडब्लु) सँग सौर्य खानेपानी तथा सौर्य सिँचाइ, ग्रिड कनेक्टेड सौर्य प्रणाली तथा सौर्य मिनीग्रिड आयोजना कार्यान्वनको लागि नौ मिलियन युरो बराबरको सम्झौता, ग्रामीण क्षेत्रको लागि नवीकरणीय ऊर्जा कार्यक्रमको दोस्रो चरणको कार्यक्रमको लागि जिआइजेडसँग चार मिलियन युरो सहमति गरिएको र नवीकरणीय ऊर्जा विस्तार कार्यक्रमको समयावधि २० महिना थप गरिएको छ ।
हरित जलवायु कोषमा नेपालकै पहिलो संस्थाको रुपमा केन्द्र सूचीकृत भई कोषसँग सम्झौता गरी पाँच करोड डलरसम्मका कार्यक्रम केन्द्रले हरित जलवायु कोषसँग सिधै सम्पर्क स्थापित गरेर गर्न सक्ने र दुईवटा प्रस्ताव सो कोषमा पेश भएको उहाँले जानकारी दिनुभयो ।
कार्यकारी निर्देशक अधिकारीले नेपाल र बेलायत सरकारको संयुक्त सहयोगमा नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम कार्यान्वयनमा रहेको र साढे चार वर्ष अवधिको सो कार्यक्रममा बेलायत सरकारबाट प्राप्त १८ मिलियन पाउण्ड सहयोगले प्रदेश २, प्रदेश ५ र कर्णाली प्रदेशमा नवीकरणीय ऊर्जाका कार्यक्रमहरु सञ्चालन गरिएको बताउनुभयो । फोहरबाट ऊर्जा उत्पादनको लागि हालै अबुधावी फण्ड फर डेभलप्मेन्टबाट १० करोड डलरबराबरको सहुलियतपूर्ण ऋण सहयोग सम्झौता गरिएको पनि उहाँँले उल्लेख गर्नुभयो ।
नेपाल वायोग्यास सहयोग कार्यक्रमबाट उत्पादित ४ लाख ६० हजार युनिट प्रमाणित उत्सर्जन न्यूनीकरण(सिएसआर) बाट करिब २२ लाख आठ हजार युरो प्राप्त हुने गरी बिक्री गरिएको पनि सो अवसरमा जानकारी दिइयो । रासस
News Desk 0 response बुधबार, माघ २२, २०७६

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पले नेतन्याहूलाई हप्काए, हिजबुल्लाह र इसराइलबीच आंशिक..
मङ्लबार, जेष्ठ १९, २०८३ -
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३
-
बालेनले सीमाबारे बोलेपछि सदनदेखि सडकसम्म आएको सुनामी
मङ्लबार, जेष्ठ १९, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३
-
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३



