

-
बनेपा । जिल्ला कारागार काभ्रेपलाञ्चोकमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएका छन् ।महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सोमबार गरिएको अनुगमन/निरीक्षणका क्रममा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको पाएपछि तत्काल ठाउँको व्यवस्थापन गरी कारागारलाई व्यवस्थापन गर्न कारागार शाखालाई निर्देशन दिनुभएको छ ।
पचहत्तर जनाको क्षमता रहेको कारागारमा अहिले २४२ जना कैदीबन्दी रहेका छन् । उहाँहरुलाई सुत्ने व्यवस्थापन गर्न तल र माथि सुत्न मिल्ने गरी खाटको व्यवस्थापन गरी अटाएको कारागार व्यवस्थापन शाखाले जनाएको छ । कारागार शाखाको निरीक्षणपछि महान्यायाधिवक्ता खरेलले बस्ने ठाउँ साँघुरो भएकाले छिट्टै नगरपालिकासँग समन्वय गरेर कारागार व्यवस्थित गर्न लाग्नुपर्ने निर्देशन दिनुभएको हो । “अरू ठाउँको अवस्था हेरेर सफासुग्घर नै पाइयो तर ठीकै छ भन्न त सकिँदैन”, खरेलले भन्नुभयो, “नगरपालिकासँग समन्वय गरे जग्गाको व्यवस्थापन गरी सार्न छिट्टै पहल गर्न लाग्नुहोस् ।”
आफूले पनि नगरपालिका प्रमुखसँग कुरा गरेको र नजीकै १३/१४ रोपनी जग्गा रहेकाले त्यसलाई उपलब्ध गराउने विषयमा नगरपालिका तयार रहेको उल्लेख गर्दै त्यसतर्फ कारागार व्यवस्थापन शाखा लाग्न निर्देशन दिनुभयो । अहिले रहेको जिल्ला कारागार शाखा धुलिखेल रहेको जग्गा जम्मा तीन रोपनी आठ आना मात्रै रहेको जनाएको छ । कारागारमा बन्दीको सङ्ख्या घट्नुको साटो थपेकै भएको कारणले दीर्घकालीन रुपमा कारागार व्यवस्थापन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
सो क्रममा उहाँले कैदीबन्दीहरुको अवस्थाका बारेमा समेत जानकारी लिनुभएको थियो । सो क्रममा उहाँले कैद भुक्तान गरिरहेकाहरुले आफ्नो वकिल राखेर मात्रै मुद्दा लड्न र वकिल राख्न नसकेकाहरुले जिल्ला अदालतमा सम्पर्क गरेर त्यसबाट पनि सहयोग लिन र त्यस्ता वकिलहरुलाई रकम नबुझाउन सुझाव दिनुभयो ।
सरकारले त्यसखालको व्यवस्था निःशुल्क गरिदिएको कारण मुद्दा हेर्ने बेलामा वकिललाई आफ्नो अवस्थाबारे प्रस्ट भन्न उहाँले आग्रह गर्नुभयो । सो अवसरमा उहाँले कैद भुक्तान गरिरहेका बन्दीहरुले मुडा र थुन्सेलगायतका आयआर्जनका काम गरिरहेकाहरुको अवस्थाबारे समेत जानकारी लिनुभएको थियो ।जबर्जजस्ती करणी मुद्दामा बढी
विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीहरु जिल्ला कारागार धुलिखेलमा २४२ रहेका छन् । ठाउँ अभावको कारण जम्मा ७५ जनाको क्षमता रहेको कारागारमा क्षमताभन्दा बढी कैदीबन्दीहरु राख्नुपरेको जिल्ला कारागार शाखाले जनाएको छ । विसं २०७२ सालको भूकम्पपछि सिन्धुपाल्चोकबाट काभ्रेपलाञ्चोक जिल्ला कारागारबाट कैदीबन्दी ल्याएपछि सङ्ख्या थपेको कारागार शाखाले जनाएको छ ।
तीमध्ये सबैभन्दा बढी जबर्जस्ती करणी मुद्दाका थुनुवा र कैदी गरी ८३ जना रहेका छन् । त्यस्तै कर्तब्य ज्यानको ५०, डाँडाको तीन, ज्यानमार्ने उद्योग पाँच, चोरी १४, लागुऔषध २७, सवारी ज्यान अङ्गभङ्ग १२, सार्वजनिक अपराध दुई, मानव अपहरण तथा शरीर बन्धक पाँच, सरकारी छाप कीर्ते ठगी तीन, मानव बेचबिखन पाँच, बहुविवाह ११, हातहतियार तथा खरखजाना एक, अप्राकृतिक बाल यौन दुराचार चार, बैंकिङ कसुर ऐनको सात र १९ जना मानसिक बिरामीसमेत गरी २४२ जना रहेका छन् । रासस
News Desk 0 response मङ्लबार, माघ २१, २०७६

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


