

-
जनकपुरधाम । राजर्षि जनक विश्वविद्यालयले चालु शैक्षिक सत्रमा कानून र जनस्वास्थ्य विषयको स्नातक तहको अध्ययन शुरू गर्ने भएको छ । नयाँ शैक्षिक योजनाअन्तर्गत ती दुवै विषयको अध्ययन अध्यापन गराउन प्रक्रिया अगाडि बढाइएको जनाइएको छ । जनस्वास्थ्यको बिपिएच र कानूनतर्फ बिएलएलबी शुरू हुने छ । यी विषयको अध्ययनले यस भेगका शिक्षार्थीले अन्यत्र गई अत्यधिक व्ययभार व्यहोर्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास लिइएको छ ।
शिक्षार्थीलाई कम व्ययभार हुने शुल्क निर्धारण हुने जनाइएको छ । जनस्वास्थ्य विषयमा अध्ययन आवेदनको सूचना प्रकाशित भइसकेको छ । कानून विषयको स्नातक तहको पाँच वर्षे नयाँ पाठ्यक्रम तयार गरिएको बताइएको छ ।
उपकुलपति प्राध्यापक भरत झाका अनुसार शिक्षालाई प्रतिस्पर्धी, प्रविधिमैत्री, रोजगारमूलक र उत्पादनमुखी बनाई आवश्यकताअनुरूपको मानव संसाधन विकास गर्ने लक्ष्य लिई विश्वविद्यालयले करिब अढाइ वर्षमा चार वटा विषयको शिक्षा दिइरहेको छ ।
सोअन्तर्गत बिबिए, बिएससी सीएसआइटी, बिसिए र बिएससी एमएलटी विषयमा २०० शिक्षार्थी अध्ययनरत रहेका छन् । विश्वविद्यालयको आफ्नो भवन नभएका कारण भाडामा लिई कक्षा सञ्चालन गर्नुपरेकाले शिक्षार्थीको आवेदनअनुरूपको सङ्ख्यालाई शिक्षा दिन नसकिएको अवस्था रहेको छ । विश्वविद्यालयमा एमबीए विषयको पढाइको गृहकार्य भइरहेको जनाइएको छ ।
विश्वविद्यालयको पूर्वाधार विकासका लागि विभिन्न स्थलको सम्भाव्य अध्ययन गरिएको छ । सम्भाव्य अध्ययन गरिएका स्थलमध्ये मणिमण्डपको २४ बिघाको क्षेत्रफल र फूलगामाको क्षेत्र विचाराधीन रहेको छ । आवश्यकताअनुरूपको मानव संसाधन विकासअन्तर्गत आगामी दिनमा सो विश्वविद्यालयमा आँखासम्बन्धी शिक्षा शुरू गर्ने योजनासमेत रहेको छ । जनस्वास्थ्य विषयको स्नातक तहको शिक्षाले गति लिइसकेपछि आँखासम्बन्धी शिक्षाको थालनी सोच रहेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै कृषिसम्बन्धी स्नातक तहको शिक्षाको पूर्वाधार विकासका लागि विज्ञसहितको टोलीले सिरहा जिल्लामा सम्भाव्य अध्ययन गरेको छ । आगामी दिनमा मिथिला भूमिको दर्शन र चिन्तनलाई जीवन्त राख्न प्राच्य दर्शन र मिथिला कला विषयमा समेत शिक्षण गरिने योजना रहेको जनाइएको छ । रासस
News Desk 0 response सोमवार, माघ २०, २०७६

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


