

-
महोत्तरी । उपराष्ट्रपति नन्दबहादुर पुनले भाषा, संस्कृति र परम्परामा देखिने विविधता नेपालीको वैभव भएको बताउनुभएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् महोत्तरीले बर्दिवास–१४ मा आयोजना गरेको ‘आदिवासी, जनजाति, कृषि पर्यटन तथा व्यापार महोत्सव–२०७६’ को आज उद्घाटन गर्दै उहाँले यो विविधता संसारका सम्पन्न मानिने राष्ट्रमा विरलै पाइने बताउनुभयो ।
“हामी हिमाली, पहाडी र मधेशी छौं, हामीले बोल्ने भाषा र वेषभूषा पनि फरक÷फरक छन्”, उपराष्ट्रपति पुनले भन्नुभयो, “सबैप्रति उच्च सम्मान व्यक्त गर्ने हामीसँग नेपाली मुटु छ ।” निष्ठा, इमान, बहादुरी र दायित्व निर्वाहमा संसारभरिमै उदाहरणमा उभ्याइने नेपाली विविधताबीचका राष्ट्रिय एकताका प्रतिक रहेको उहाँको भनाइ छ ।
उपराष्ट्रपति पुनले अहिलेको आवश्यकता आर्थिक समृद्धिको रहेको उल्लेख गर्दै विभिन्न संस्कृति परम्परा, रीतिथिति, भाषा र वेषभूषा नेपालीका साझा सम्पति रहेको बताउनुभयो । सबैतहका सरकारले आ–आफ्नो तहबाट यिनको संरक्षण र संवद्र्धनमा ध्यान दिनपर्ने उहाँले बताउनुभयो ।
“मुलुकमा सबै तहका निर्वाचन सम्पन्न भएर स्थिर सरकार बनेका छन्” उहाँले भन्नुभयो, “राजनीतिक परिवत्र्तनका लागि सात दशकको लामो सङ्घर्षपछि अब हामीले दिगो विकासतर्फ अघि बढ्नु छ । यसका लागि कृषि प्रवद्र्धन गरी उत्पादनमा वृद्धि, प्राकृतिक सम्पदाको न्यायोचित संरक्षण, संवद्र्धन र सदुपयोग गरिन पर्दछ ।” उपराष्ट्रपति पुनले अहिले राष्ट्र नेपाल भ्रमण वर्ष–२०२० को क्रममा रहेका बेला धार्मिकस्थल र पर्यटकीय क्षेत्रको सम्भार, संरक्षण र विकास गर्नसके समृद्धि अभियानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले व्यावसायिक र प्राविधिक शिक्षामा जोड दिँदै अबको शिक्षा सीपसँग, सीप श्रमसँग, श्रम उत्पादनसँग र उत्पादन समृद्धिसँग जोडिनुपर्ने बताउनुभयो । राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहाल, प्रदेश नं.२ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेशकुमार मण्डल र नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय अध्यक्ष जगत बरालले महोत्सवले स्थानीय उत्पादनलाई बजारीकरण गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
महासङ्घका महोत्तरी अध्यक्ष सन्तराज मोक्तानको अध्यक्षतामा सम्पन्न महोत्सवको उद्घाटन सत्रमा बर्दिवास उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रल्हाद क्षत्री र बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीलगायत वक्ताले महोत्सवको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
आज शुरु भएको महोत्सव १० दिनसम्म सञ्चालन हुनेछ । महोत्सवमा महोत्तरीका आदिवासी जनजातिका मौलिक संस्कृति झल्कने र स्थानीय कृषि उत्पादनसहितका २०० स्टल (प्रदर्शनी तथा बिक्रीकक्ष) राखिएका छन् । महोत्सव अवधिमा मुलुकका ख्यातिप्राप्त कलाकारको प्रस्तुति हुने आयोजकको भनाइ छ । रासस
News Desk 0 response बिहिबार, माघ १६, २०७६

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


