

-
काठमाडौँ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताले निर्विरोध निर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले संसदीय मूल्य र मान्यताअनुरुप सभा सञ्चालन गर्नुहुने विश्वास व्यक्त गर्नुभएको छ । समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संसद् सञ्चालनमा सभामुख सापकोटाले कुशल व्यक्तिका रुपमा भूमिका निर्वाह गर्नुहुने विश्वास व्यक्त गर्नुभयो ।
“प्रतिनिधिसभा लोकतन्त्रको शक्तिशाली अङ्ग हो, हामी सबैले जनप्रतिनिधिसभालाई उच्च स्थानमा राख्ने गरेको भए पनि राज्यका तीन अङ्गको स्थान उदारवादी लोकतन्त्रले आफ्नो उदारता भुल्दै गएको छ, समाजवादी लोकतन्त्रले पनि लोकतन्त्रका कतिपय विषय छाड्दै गयो”, उहाँले भन्नुभयो ।
प्रतिनिधिसभाको स्थान तल परेको उल्लेख गर्दै नेता भट्टराईले राज्यको प्रमुख राष्ट्रपति, उपराष्ट्रपतिपछि सभामुख उच्च स्थानमा हुनुपर्नेमा जोड दिनुभयो । “हामीले प्रधानमन्त्रीलाई माथि राख्यौँ, तर अहिले प्रधानन्यायाधीश जसले संसद्ले बनाउने कानूनको व्याख्या गर्छ, उसलाई सभामुखभन्दा माथि राखिएको छ, यसमा सभामुखको ध्याना जाओस्, संसद् भनेको मूलतः प्रतिपक्षकै हो, विश्वका धेरै देशको संसद् सञ्चालन यसरी नै भएको देखेको छु”, उहाँले भन्नुभयो ।
अन्य देशका सभामुखले प्रतिपक्षको आवाजलाई प्राथमिकता दिने गरेको नेता भट्टराईले सुनाउनुभयो । झिनामसिना विषयमा संसद् अलमलिएर राष्ट्रिय मुद्दामा जीवन्त हुन नसकेको उहाँले बताउनुभयो । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) विषयमा अहिले भइरहेको छलफल राष्ट्रिय मुद्दाका रुपमा नभई पार्टीको गुटका आधारमा हुनु गलत रहेको उहाँको भनाइ थियो ।
राष्ट्रिय जनता पार्टी (राजपा) का नेता महेन्द्रराय यादवले सरकार जिम्मेवार हुन नसकेको, जनताको जीवनयापन कठिन भएको र राजनीतिक स्थिरताको आवश्यकता रहेकामा सरकारमात्र स्थिर भएको बताउनुभयो । नवनिर्वाचित सभामुख सापकोटालाई पार्टीका तर्फबाट पूर्ण समर्थन हुने उहाँको भनाइ थियो । सांसद रशेम चौधरीलगायत जेलमा रहेका १६ जनाभन्दा बढी नेताको शीघ्र रिहाइको माग पनि उहाँले गर्नुभयो । उखु किसानसँग सरकारले गरेको सम्झौता कार्यान्वयन गर्न पनि सांसद यादवले माग गर्नुभयो ।
राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले नवनिर्वाचित सभामुख सापकोटालाई बधाई दिँदै सबैलाई साथ लिएर तटस्थ रही पदको मर्यादालाई पालन गर्न सफल हुनुहुने विश्वास व्यक्त गर्नुभयो । नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले सभामुख सापकोटाले संसद्लाई जनताप्रति र सरकारलाई सदनप्रति जवाफदेही बनाउन तटस्थ एवं निष्पक्ष भूमिका निर्वाह गर्ने अपेक्षा गर्नुभयो । पश्चिम नेपालका लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूभाग भएको स्पष्ट प्रमाण हुँदाहुँदै पनि सो क्षेत्रमा विवाद हुनु नपर्ने भन्दै उहाँले विवाद समाधानका पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस
News Desk 0 response मङ्लबार, माघ १४, २०७६

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


