

-
अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको आगो तिव्र हावाका कारण अझै फैलिन सक्ने देखिएको छ ।
आगजनी पूर्वानुमानकर्ताहरूले आजदेखि आगो अझै तीव्र गतिमा फैलिएर थप क्षति गर्न सक्ने भन्दै सावधानी अपनाउन चेतावनी दिएको बीबीसीले जनाएको छ ।
लस एन्जलसको जङ्गलमा लागेको आगो पालिसेड्स, ईटन, हर्स्ट, वुड्ली हुँदै हलिवुड हिल्ससम्म पुगेको छ । आगजनीसम्बन्धी प्राविधिक अधिकारीहरुले तीव्र रुपमा फैलिएर नियन्त्रण बाहिर गएको आगलागीलाई विनाशकारी डढेलो भनेका छन् ।
आगलागीले ठूलो मानवीय क्षति भएको अनुमान रहे पनि अहिलेसम्म पाँच जना मृत्यु भएको पुष्टि भएको छ ।
आगलागीका कारण १८ लाखभन्दा धेरै मानिसहरु प्रभावित भएका र हजारौँ संरचना ध्वस्त भएका अधिकारीहरुले जनाएका छन् । आगलागीको घटनाबारे अनुसन्धानसँगै नियन्त्रण गर्ने प्रयास पनि भइरहेको छ ।
लस एन्जलस अग्नि नियन्त्रक प्रमुख एन्थोनी मरोनले डढेलोको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको र यसको कारण मानवीय गतिविधिले जङ्गलमा आगजनी भएको पाइएमा हरेक मृत्युलाई हत्या मानिने बताएका छन् ।
यसैबीच आगलागीबाट जोगिन सुरक्षित क्षेत्रमा स्थानान्तरण हुने क्रममा केही घरहरुमा लुटपाट भएको छ । लुटपाटको आरोपमा २० जनालाई पक्राउ गरिएको खबरमा उल्लेख छ ।
News Desk 0 response शुक्रबार, पुस २६, २०८१

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक निकाय नै मौन
सोमवार, मंसिर १, २०८३-
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३ -
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


