

-
काठमाडौं : नेपालमा सार्वजनिक–निजी लगानीमा प्रसारण लाइन निर्माणको सुरुवात भएको छ । ऊर्जामन्त्री दीपक खड्काको उपस्थितिमा राष्ट्रिय ग्रिड कम्पनी, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट (एचआईडीसीएल) र निजी क्षेत्रका पाँच वटा जलविद्युत् प्रवर्द्धक कम्पनीबीच आज सम्झौता भएको हो ।
राष्ट्रिय प्रसारण ग्रिडले आफूले अध्ययन गरी तयारीमा रहेका आयोजनामध्ये तमोर–ढुङ्गेसाँघु २२० केभी प्रसारण लाइन सार्वजनिक–निजी लगानीमार्फत बुट मोडेलमा निर्माण गर्न सम्झौता भएको हो ।
रेमिट हाइड्रो लिमिटेड, सिम्बुवा रेमिट हाइड्रो लिमिटेड, क्रिस्टल पावर डेभलपमेन्ट प्राइभेट लिमिटेड, युनियन हाइड्रोपावर लिमिटेड र नेपाल हाइड्रो भेन्चरले प्रसारण लाइन बनाउने भएका हुन् । ३२ किलोमिटर लम्बाइ र सब–स्टेशन कार्य क्षेत्र रहेको आयोजनाको कुल लागत तीन अर्ब आठ करोड रुपैयाँ रहेको छ ।
निर्माणअघिका सबैजसो कार्य सम्पन्न भएका यी आयोजनाको प्रसारण अनुमति प्राप्तिको कामसमेत अन्तिम चरणमा रहेको छ।। अहिले ७४ प्रतिशत शेयर उत्पादक कम्पनी र २६ प्रतिशत शेयर राष्ट्रिय ग्रिड कम्पनी लिमिटेडलाई प्रस्ताव भएको छ । आयोजनाको मुख्य आयस्रोत सम्बन्धित उत्पादक कम्पनीले बुक गरेको ह्विलिङ चार्ज हुनेछ ।
यो मोडेलको सफल परीक्षणमार्फत देशका अन्य प्रसारण आयोजनासमेत लागू गर्न सकिने र देशमा प्रसारण विकासको गुणात्मक फड्को मार्न सकिने ऊर्जा मन्त्रालयको दाबी छ ।
News Desk 0 response मङ्लबार, पुस २, २०८१

सम्बन्धित शीर्षकहरु
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३



