• काठमाडौं : सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती कर्मचारी ऐन संशोधनका लागि परेको विधेयक माथि छलफल सुरू भएको बताएका छन् ।

    हिजो चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले आइतवारदेखि संशोधनकर्ता सांसदसँग राज्य व्यवस्था समितिमा छलफल सुरू भएको बताए । उनका अनुसार हिजोसम्म सात जनासँग छलफल भइसकेको छ ।

    एक हजार पाँच सय ८३ वटा संशोधन परेको छ । सबै विषयमा नियमित छलफल हुने उनले बताए । आउँदो अधिवेशनमा ऐन संशोधनका लागि संसद्मा पेश गर्ने गरी सरकारले काम गरेको उनले बताए ।

    नौ वर्षदेखि अड्किएको विधेयकको टुङ्गो लागेपछि कर्मचारीको मनोवल बढ्ने र वृत्ति विकासमा सहयोग पुग्ने उनको भनाइ छ ।