

-
काठमाडौं : पालिका उपनिर्वाचनको मतगणना सकिएको छ । पालिकाका रिक्त विभिन्न ४२ पदका लागि उपचुनावको सबै नतिजा आएको छ । एक मेयर, एक उपमेयर, दुई अध्यक्ष, चार उपाध्यक्ष र ३४ वटा वडाध्यक्षको नतिजा सार्वजनिक भएको हो ।
४२ पदमध्ये समग्रमा कांग्रेसले १७, माओवादीले ११ र एमालेले आठ पद जितेका छन् । एउटा मेयर पदको उपचुनाव अर्थात काठमाडौंको कीर्तिपुरमा कांग्रेसले जितेको छ । एउटा उपमेयरको लागि भएको चुनाव अर्थात जाजरकोटको नलगाडमा माओवादीले जितेको छ ।
गाउँपालिकाका दुई अध्यक्षको लागि भएको उपचुनावमध्ये दैलेखको महाबु गाउँपालिकामा एमालेका जंगबहादुर शाही र मोरङको ग्रामथानमा माओवादी केन्द्रका नमोनारायण माझी विजयी भएका छन् ।
चार उपाध्यक्षमध्ये हुम्लाको सर्केगाड र रुकुमको पुथा उत्तरगंगामा माओवादी तथा बाजुराको स्वामीकार्तिक र दोलखाको गौरीशंकरमा एमालेका उम्मेदवार विजयी भएका छन् ।
यस्तै, रिक्त रहेका ३४ वडाध्यक्षमध्ये कांग्रेसले १६, माओवादी केन्द्रले निर्विरोधसहित सात, एमालेले पाँच, जसपा नेपालले दुई, रास्वपाले एक, एकीकृत समाजवादीले एक, नेमकिपाले एक र स्वतन्त्र उम्मेदवारले एक ठाउँमा जितेका छन् । रुकुमको पुथा उत्तरगंगा २ को वडाअध्यक्षमा माओवादीका उम्मेदवार निर्विरोध भएका थिए ।
अहिले उपचुनाव भएका पालिका प्रमुख र उपप्रमुखका आठ पदमध्ये २०७९ को चुनावमा कांग्रेसले छ र माओवादीले दुई ठाउँमा जितेका थिए । अहिलेको उपचुनावबाट माओवादीले दुई पदाधिकारी र एमालेले तीन पदाधिकारी थपेका छन् ।
कांग्रेसले यसअघि जितेका छ मध्ये काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर मात्रै जितेको छ । कांग्रेसले अघिल्लो चुनावमा जितेका मध्ये दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष तथा बाजुराको स्वामिकार्तिक गाउँपालिका उपाध्यक्ष गरी तीन नयाँ पदाधिकारी एमालेले जितेको छ ।
माओवादीले रुकुमको पुथा उत्तरगंगा र हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष जोगाएको छ भने मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष र जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पद थपेको छ । यी दुवै ठाउँ यसअघि कांग्रेसले जितेको थियो ।
यस्तै, उपचुनाव भएका ३४ वटा वडामध्ये यसअघिको चुनावमा कांग्रेसले १९, एमालेले एमालेले आठ, माओवादीले छ, जसपा नेपालले एक पद जितेका थिए । यस पटक कांग्रेसले तीन वडा गुमाएर १६ र एमालेले तीन वडा गुमाएर पाँच मात्र जितेका छन ।
माओवादीले भने एउटा थप गरी ७ वटा वडामा जितेको छ । जसपा नेपालले पनि एउटा वडा थपेको छ । नेकपा एकिकृत समाजवादी, नेमकिपा, रास्वपा र स्वतन्त्र उम्मेदवारले एक–एक पदमा जितेका छन् ।
News Desk 0 response मङ्लबार, मंसिर १८, २०८१

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३ -
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३
-
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३ -
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



