

-
काठमाडौं : सरकारले चीन सरकारसँग हुने विकास योजना २०२५ देखि ०२९ सम्मको सम्बन्धित समझदारी पत्र स्वीकृत गरेको छ ।
आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए । उक्त समझदारी पत्रमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न सचिव अर्थ मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने निर्णय भएको छ । उनकाअनुसार सरकारले नेपाल सरकार र चिनियाँ सरकारबिच नेपालमा बोल्ने चाइनिज ल्याङ्ग्वेज विकास प्रोग्राम परिचालनका सम्बन्धमा तयार भएको समझदारी पत्र स्वीकृत गर्ने र उक्त समझदारी पत्रमा सम्बन्धित समकक्षी पदाधिकारीबाट हस्ताक्षर गरी कार्यान्वयन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई अनुमति दिने निर्णय भएको छ ।
सरकारले प्रस्तावित २० मिलियन अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर्ने सम्बन्धी आदानप्रदान पत्रको मस्यौदा स्वीकृत गर्ने, उक्त पत्रमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न सचिव अर्थ मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने, प्रस्तावित ३ सय मिलियन आरएमबी बराबरको आर्थिक तथा प्राविधिक अनुदान सहायता स्वीकार गर्ने सम्झौता स्वीकृत गर्ने, उक्त सम्झौतामा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न सचिव अर्थ मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने निर्णय भएको छ । त्यस्तै सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजन र रेडियो नेपाल र चाइना मिडिया ग्रुपबिच हुने समझदारी पत्र स्वीकृत गर्ने, उक्त समझदारी पत्रमा नेपाल सरकारको तर्फबाट अख्तियारी परराष्ट्र मन्त्रालयलाई दिने, सहसचिव प्राविधिक तर्फको रामप्रसाद घिमिरेलाई सचिव प्राविधिक पदमा बढुवा गर्ने, स्थानीय तहको उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा सम्बन्धित सबैलाई सरकारको तर्फबाट धन्यवाद दिने निर्णय गरेको छ । सरकारले प्रधानमन्त्रीको जनवादी गणतन्त्र चीन भ्रमण १७—२० सम्मलाई सफलताको शुभकामना दिएको छ ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा काठमाडौं रिङरोड, अरनीको हाइवे, हिल्सा—सिमिकोट, आइसिडी, आईसिपी कोरला नाकामा आवश्यक पर्ने सबै सीमानाका व्यवस्थित गर्न चेक पोस्ट निर्माण गर्ने बारेमा पनि सहमति गर्ने निर्णय भएको उनले बताए । टोखा—खहरे टनेल मार्ग, जिलुङ—केरुङ—काठमाडौँ क्रस बोर्डर रेल्वे प्राजेक्टको अध्ययन, खाँदबारी—किमाथांका सडकमा अरुण नदीमा मितेरी पुल बनाउने, चोभारमा मल्टीफङ्सनल क्वारेन्टाइन ल्याब्रेटरी इन काठमाडौँ, इन एग्रिकल्चर इन्स्ट्रक्चर डेभलपमेण्ट पार्क, कोरलामा इण्डस्ट्रियल जोन बनाउने बारेमा पनि सहमति गर्ने उनले बताए । उनले अबबाट विपी कोइराला क्यान्सर अस्पताल, चितवनमा बोर्नम्यारो प्रत्यारोपण सेवा सुरु गर्नेमा समझदारी हुने बताए । बीआरआईमा भएका कुराहरुको कामहरु कसरी गर्ने भनेर प्रोजेक्ट प्रोग्राम बनाए । चीनले सय वटा विद्युतीय गाडी, सय वटा प्रहरी भ्यान, ५० वटा स्कुल भ्यान, ५० वटा एम्बुलेन्स दिने बताएको उनले जानकारी दिए । विकासका योजनाहरु ५ वर्षभित्र गर्नेगरी सम्झौता हुने उनले बताए ।
प्रधानमन्त्री ओलीको नेतृत्वमा चीन भ्रमणलाई लिएर नेपालमा धेरै विवाद सिर्जना गरिएको उनले बताए । नेपालको इतिहासमा पहिलो पटक मूल धारका राजनीतिक दलहरूको बीचमा देश र जनताको हितमा कसरी परराष्ट्र सम्बन्ध बिस्तार गर्ने भन्नेबारेमा राष्ट्रिय सहमति कायम भएको उनले बताए । प्रधानमन्त्रीको भ्रमणले दुई देशबिचको सम्बन्ध सुदृढ हुने उनले विश्वास व्यक्त गरे ।
News Desk 0 response आइतवार, मंसिर १६, २०८१

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३ -
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३
-
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३ -
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



