

-
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको भोलिदेखि सुरु हुने चारदिने चीन भ्रमणको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हिजो राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर चीन भ्रमणको तयारीबारे जानकारी गराएका छन् ।
भ्रमण तयारीको लागि चीन जानुभएकी परराष्ट्रमन्त्री राणा चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेर हिजो स्वदेश फर्किएका हुन्। बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) सम्बन्धी सम्झौताको दस्ताबेजमा सत्तारूढ कांग्रेस र एमालेबीच सहमति भइसकेको छ । दस्ताबेजको मस्यौदा नेपाल सरकारले चीन सरकारलाई पठाइसकेको छ । यसबारे परराष्ट्रमन्त्री राणाले अस्ति चीनमा रहेकै बेलामा चिनियाँ अधिकारीलाई जानकारी गराएका छन् ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणको बेला मस्यौदामा हस्ताक्षर हुने नेताहरुले बताएका छन् । बीआरआईअन्तर्गत सञ्चालन हुने परियोजनामा नेपाल सरकारले अनुदान मात्रै लिने सत्तारूढ दुई दलको साझा धारणा बनेको हो । बीआरआई सहकार्य फ्रेमवर्कको मस्यौदामा नेपालले पूर्वाधार, सहरी विकास र कनेक्टिभिटीसँग सम्बन्धित एक दर्जन परियोजनाको सूचीसमेत राखिएको छ ।
नेपालले बीआरआईका लागि टोखा–खहरे सुरुङमार्ग, हिल्सा–सिमकोट सडक, किमाथाङ्का–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाण्डौ सीमापार रेलमार्ग, काठमाण्डौ–हेटौंडा पोडवे, अमरगढी सिटी हल, जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन, काठमाण्डौ उपत्यका प्रसारण लाइन स्तरोन्नति, मदन भण्डारी विश्वविद्यालय, काठमाण्डौ साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम, चीन–नेपाल औद्योगिक मित्रपार्क र झापा स्पोट्र्स एन्ड एथलेक्टिस कम्प्लेक्स परियोजना अघि सार्न लागेको हो ।
News Desk 0 response आइतवार, मंसिर १६, २०८१

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३ -
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३
-
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३ -
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



