

-
काठमाडौं : सत्तारुढ मुख्य दल नेपाली कांग्रेस र नेकपा एमालेबीच चीनसँग बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) लाई अघि बढाउन सहमति भएको छ ।
दुई दलको कार्यदलले आर्थिक सहकार्य, पूर्वाधार कनेक्टिभिटी परियोजना, व्यापार लगायतका क्षेत्रमा केन्द्रित भएर ‘बीआरआई सहकार्य फ्रेमवर्क’को मस्यौदा टुङ्गो लगाएको हो । चीनले प्रस्ताव गरेको ‘बीआरआई कार्यक्रम कार्यान्वयन सम्झौता’ मस्यौदामा परिवर्तन गर्दै कार्यदलले ‘बीआरआई सहकार्य फ्रेमवर्क’ राख्ने सहमति गरेको नेताहरुले बताएका छन् ।
मस्यौदामा नेपालले अनुदानमात्र स्वीकार गर्ने र त्यो पनि नेपालको आवश्यक र राष्ट्रिय आवश्यकतामा निहीत हुने उल्लेख छ । मस्यौदामा चीनले अघि बढाएको बीआरआई र नेपालले सात वर्षअघि हस्ताक्षर गरेको बीआरआई समझदारी पत्रमा उल्लेख गरिएको भन्दा पनि कुनै विशेष क्षेत्रहरुमा सहकार्य फ्रेमवर्क गर्नुपर्ने उल्लेख छ । चीनसँग प्रस्ताव गरिने पूर्वाधार, शहरी विकास र कनेक्टिभिटीसँग सम्बन्धित एक दर्जन परियोजनाको सूचीसमेत तय भएको छ ।
नेपालले चीनसँग टोखा–खहरे सुरुङमार्ग, हिल्सा–सिमकोट सडक, किमाथाङ्का–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाण्डौ सीमापार रेलमार्ग, काठमाण्डौ–हेटौँडा पोडवे, अमरगढी सिटी हल, जिलोङ–केरुङ–रसुवागढी चिलिमे प्रसारण लाइन, काठमाण्डौ उपत्यका प्रसारण लाइन स्तरोन्नति, मदन भण्डारी विश्वविद्यालय, काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम, चीन–नेपाल औद्योगिक मित्रपार्क र झापा स्पोर्टस् एन्ड एथलेटिक्स कम्प्लेक्स परियोजना प्रस्ताव गर्ने तयारी छ ।
यसअघि चीनले बीआरआई कार्यान्यवयन योजनामा सहकार्यका लागि कनेक्टिभिटी, कृषि, शिक्षा, स्वास्थ्य, आर्थिक सहकार्य, मानवस्रोत विकास, सांस्कृतिक आदान प्रदान, उद्योग तथा वाणिज्य, भन्सार नाकाहरुको क्षमता अभिवृद्धि, चिनियाँ बैंकहरूको नेपालमा शाखा खोल्ने लगायत विषयमा प्रस्ताव गरेको थियो ।
दुई दलको कार्यदलले मस्यौदा तयार पारेर हिजो नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । नेपाली पक्षले तयार पारेको मस्यौदामा चीनले सहमति जनाएमा प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला दुई देशबीच समझदारीपत्रमा हस्ताक्षर हुनेछ । प्रधानमन्त्री ओली पर्सि सोमवार चीनको औपचारिक भ्रमणमा जाँदै छन् ।
News Desk 0 response शनिबार, मंसिर १५, २०८१

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३ -
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३
-
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३ -
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



